स्याङ्जाको पुतलीबजार नगरपालिकाले मधुमेह (सुगर) र रक्तचापको निःशुल्क जाँच सेवा सञ्चालनमा ल्याएको छ । पालिका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गर्दै पालिका परिसरमै आधारभूत स्वास्थ्य परीक्षण बुधबारदेखि सुरु गरिएको हो ।
सेवाग्राहीसँगै जनप्रतिनिधि र कर्मचारीले पनि आफूमा मधुमेह र रक्तचापको समस्या छ कि छैन भन्ने सहजै थाहा पाउन सक्ने नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । नागरिकको स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी गराउने उद्देश्यले पहिलो चरणमा सुगर र रक्तचाप जाँच सुरु गरिएको उनको भनाइ छ ।
नगरप्रमुख रेग्मीले स्वास्थ्य सेवा विस्तार गर्दै क्रमशः अन्य उपचार तथा परीक्षण सेवा थप गर्ने योजना रहेको पनि बताए । नगरपालिकाभित्रका नागरिकको स्वास्थ्य सुधारलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको उनले उल्लेख गरे ।
मधुमेह परीक्षणका लागि आवश्यक ३० रुपैयाँ पर्ने कीट नगरपालिकाले खरिद गरेको र पालिकामा आउने सेवाग्राहीलाई सोही माध्यमबाट जाँच गरिने प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले बताए ।
स्वास्थ्य परीक्षण सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदी र स्वास्थ्य अधिकृत ईश्वर थापाले समन्वय तथा सहजीकरण गर्दै पालिकाबाट खटिएर काम गरिरहेको जनाइएको छ ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?