स्याङ्जाको पुतलीबजार नगरपालिकाले मधुमेह (सुगर) र रक्तचापको निःशुल्क जाँच सेवा सञ्चालनमा ल्याएको छ । पालिका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गर्दै पालिका परिसरमै आधारभूत स्वास्थ्य परीक्षण बुधबारदेखि सुरु गरिएको हो ।
सेवाग्राहीसँगै जनप्रतिनिधि र कर्मचारीले पनि आफूमा मधुमेह र रक्तचापको समस्या छ कि छैन भन्ने सहजै थाहा पाउन सक्ने नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । नागरिकको स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी गराउने उद्देश्यले पहिलो चरणमा सुगर र रक्तचाप जाँच सुरु गरिएको उनको भनाइ छ ।
नगरप्रमुख रेग्मीले स्वास्थ्य सेवा विस्तार गर्दै क्रमशः अन्य उपचार तथा परीक्षण सेवा थप गर्ने योजना रहेको पनि बताए । नगरपालिकाभित्रका नागरिकको स्वास्थ्य सुधारलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको उनले उल्लेख गरे ।
मधुमेह परीक्षणका लागि आवश्यक ३० रुपैयाँ पर्ने कीट नगरपालिकाले खरिद गरेको र पालिकामा आउने सेवाग्राहीलाई सोही माध्यमबाट जाँच गरिने प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले बताए ।
स्वास्थ्य परीक्षण सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदी र स्वास्थ्य अधिकृत ईश्वर थापाले समन्वय तथा सहजीकरण गर्दै पालिकाबाट खटिएर काम गरिरहेको जनाइएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते