स्याङ्जामा पछिल्लो समय फरार रहेका कसूरदारहरु धमाधम पक्राउ पर्न थालेका छन् । सोही क्रममा बिहीबार विभिन्न मुद्दामा अदालतबाट फैसला भई जरिवाना भुक्तान गर्न बाँकी रहेका तीन फरार कसूरदारहरूलाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भीरकोट नगरपालिका–३ की ५० वर्षीया बुद्धिसरा खत्री रहेकी छन् । उनी ‘खाना लाउन खर्च’ मुद्दामा दोषी ठहर भई तीन हजार ४९० रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको जनाइएको छ । यस्तै, चापाकोट नगरपालिका–४ का २८ वर्षीय मोहम्मद मुकतार ‘घरेलु हिंसा’ मुद्दामा तीन हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेका थिए ।
त्यसैगरी, भीरकोट नगरपालिका–८ का आश बहादुर कामी ‘चोरी सम्बन्धी कसूर’ मुद्दामा एक हजार पाँच सय रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउ परेका फरार कसूरदारहरूलाई जरिवाना असुलका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए । उनले अदालतका फैसला कार्यान्वयनलाई निरन्तरता दिने र बाँकी रहेका फरार प्रतिवादीहरूलाई समेत कानुनी दायरामा ल्याउने बताए ।
अदालतको आदेश कार्यान्वयन गर्दै न्यायिक प्रक्रियालाई पूर्णता दिने र सुरक्षित तथा न्यायपूर्ण समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यले फरारलाई पक्राउ गर्न अप्रेसन नै सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते