लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९ जना चालक पक्राउ परेका छन् । सडक दुर्घटना न्यूनीकरण र यात्रालाई सुरक्षित बनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सञ्चालन गरेको ‘लापसे चेकिङ अभियान’ अन्तर्गत उनीहरू पक्राउ परेका हुन् ।
बिहीबार दिउँसो पुतलीबजार नगरपालिका–१ स्थित बसपार्क क्षेत्रको सिद्धार्थ राजमार्ग खण्डमा निजी तथा सार्वजनिक सवारीसाधनका चालकहरूलाई लागूऔषध सेवन गरे/नगरेको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ९ जना चालकले लागू पदार्थ सेवन गरी सवारीसाधन चलाएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।
नियन्त्रणमा परेकामध्ये ट्रक, हाईस, मोटरसाइकल र स्कुटर चालक रहेका छन् । पक्राउ परेका चालकहरू स्याङ्जा, कपिलवस्तु र रौतहट जिल्लाका विभिन्न स्थानका बासिन्दा हुन् ।
पक्राउ पर्नेमा म.प्र.०३–००२ ख ४१०१ नम्बरको ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–२ का २७ वर्षीय अक्षय कुमार चौधरी, ग १ ख ५५५५ नम्बरको हाईस चालक स्याङ्जा चापाकोट नगरपालिका–४ का ४१ वर्षीय यामबहादुर गुरुङ, ग २४ प ३१० नम्बरको क्रसफायर मोटरसाइकल चालक वालिङ नगरपालिका–१० का १९ वर्षीय कोलिजन थापा, लु ९२ प ८४२५ नम्बरको पल्सर मोटरसाइकल चालक गल्याङ नगरपालिका–८ का १९ वर्षीय अभिषेक सारु, ग २० प १९९ नम्बरको केटीएम मोटरसाइकल चालक वालिङ नगरपालिका–६ का २१ वर्षीय सुमन अर्याल रहेका छन् ।
यस्तै, ग १६ प ९०४३ नम्बरको पल्सर मोटरसाइकल चालक भिरकोट नगरपालिका–१ का २३ वर्षीय सुविन गुरुङ, लु ९४ प ५८३३ नम्बरको यामाहा मोटरसाइकल चालक कपिलवस्तु कृष्णनगर नगरपालिका–९ का २३ वर्षीय सोवित कुमार गुप्ता, लु.प्र.०१–०११ प २२३३ नम्बरको पल्सर मोटरसाइकल चालक कपिलवस्तु कृष्णनगर नगरपालिका–८ का २३ वर्षीय विवेक कुमार चौधरी तथा ना ४५ प २०५ नम्बरको स्कुटर चालक चापाकोट नगरपालिका–८ का २८ वर्षीय राजिन नेपाली रहेका छन् ।
उनीहरूलाई लागूऔषध सेवन सम्बन्धी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक नेपालीले बताए । यस अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो