स्याङ्जाको पुतलीबजार नगरपालिका–१ नारायणथान क्षेत्रमा स्याङ्जा प्रहरीले विशेष अप्रेसन चलाउँदै लागूऔषध कारोबारमाथि कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले बिहिवार दिउँसो डेरा नजिकैको सडक छेउमा लागूऔषध सेवन गरिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार उनीहरूको डेरा खानतलासी गर्दा ११५ ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको छ । पक्राउ परेकाहरू सबै नारायणथानमै डेरा गरी बस्दै आएका थिए ।
नियन्त्रणमा पर्नेमा सुर्खेत लेखबेसी नगरपालिका–१० साटाखानी पावरहाउस घर भई हाल स्याङ्जा बस्दै आएका २४ वर्षीय निसान राना, २६ वर्षीय पूर्ण बहादुर छनत्याल, २७ वर्षीय श्यामकुमार छनत्याल, ३७ वर्षीय टंक बहादुर पाण्डे र २६ वर्षीय विक्रम पल्लि मगर पनि पक्राउ परेका छन् ।
पक्राउ परेकाविरुद्ध लागूऔषध मुद्दामा सम्मानित स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
लागूऔषध ओसारपसार तथा सेवनविरुद्ध अभियानलाई अझ प्रभावकारी बनाइने सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चौधरीले बताए । “यस्ता गतिविधि नियन्त्रणका लागि नियमित निगरानी र विशेष अप्रेसन जारी रहनेछ,” उनले भने ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु