आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुअघि अनिवार्य रूपमा अनुमति लिन स्याङ्जा प्रशासनले आग्रह गरेको छ । निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताअनुसार चुनावी प्रचारप्रसार कार्यक्रम गर्नुअघि अनिवार्य अनुमति लिन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आह्वान गरेको हो ।
आयोगले निर्वाचनका लागि फागुन ४ गते, अर्थात् आजबाट जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाइने जनाइएको छ । यद्यपि, दल तथा उम्मेदवारले यसअघि नै प्रचारप्रसार थालिसकेका छन् ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आइतबार सूचना जारी गर्दै राजनीतिक दल, उम्मेदवार र भातृ संगठनहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ । विशेषगरी सार्वजनिक स्थलमा कुनै पनि प्रकारको जुलुस वा सभा आयोजना गर्नुभन्दा कम्तीमा २४ घण्टा अगावै मिति, समय, मार्ग र स्थान खुलाएर जानकारी गराइ अनुमति लिन सूचनामार्फत् आग्रह गरिएको छ ।
अनुमतिका लागि दल वा उम्मेदवारका अख्तियारप्राप्त प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय स्याङजामा निवेदन दिन सक्ने जनाइएको छ । साथै कार्यालयको इमेल ठेगानामार्फत पनि निवेदन दर्ता गर्न सकिने स्याङ्जा प्रशासनले जनाएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते