जिल्ला प्रशासन कार्यालय स्याङ्जाले संशोधित नागरिकता कानुन कार्यान्वयनमा आएपछि जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ ।
पुतलीबजार नगरपालिका–४ निवासी मुना पोख्रेलका छोरा डेबिट पोख्रेल र छोरी प्रियंका पोख्रेलले अंगीकृत नागरिकता प्राप्त गरेका हुन् । नेपाली आमाबाट जन्मिएका यी दुई नागरिकका पिता विदेशी नागरिक भएकाले यसअघि नागरिकता लिन कठिनाइ हुँदै आएको थियो । पछिल्लो कानुनी संशोधनपछि भने उनी नागरिकता पाउन सफल भएका छन् ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार नेपाली महिला र विदेशी नागरिकबीच विवाह भई जन्मिएका सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था कार्यान्वयनमा आएपछि स्याङ्जाबाट पहिलोपटक यो प्रक्रिया अघि बढाइएको हो । “संविधानले सुनिश्चित गरेको नागरिकताको अधिकार कार्यान्वयनतर्फ यो महत्वपूर्ण कदम हो,” उनले भने, “नयाँ कानुनी व्यवस्थाअनुसार योग्य व्यक्तिलाई नागरिकता प्रदान गर्ने काम सुरु भइसकेको छ ।”
कानुन संशोधनपछि प्रमुख जिल्ला अधिकारीमार्फत नै अंगीकृत नागरिकता प्रदान गर्न सकिने प्रावधान लागू भएपछि प्रक्रिया सहज बनेको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार आवश्यक कागजात पूरा गरेका र कानुनले तोकेको मापदण्डमा पर्ने अन्य व्यक्तिहरूले पनि अब अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछन् । “लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेका युवा, युवतीका लागि यो व्यवस्था राहतपूर्ण हुने अपेक्षा गरेका छौं,” उनले भने ।
नागरिकता अभावमा शिक्षा, रोजगारी, बैंकिङ सेवा लगायतका आधारभूत सुविधाबाट वञ्चित हुनुपरेका परिवारका लागि नयाँ व्यवस्था सहज हुने विश्वास प्रशासनको छ ।
जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण प्रक्रियालाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला