स्याङ्जाको बिरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्ती–बिरुवा भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
सोमबार साँझ पुतलीबजार नगरपालिकाको घुम्तीबाट बिरुवातर्फ जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
जिपमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी प्रदेश अस्पताल पुतलीबजार पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको बताइएको छ ।
घाइते हुनेहरूमा स्याङ्जा बिरुवा गाउँपालिका–४ का ८ वर्षीया एन्जल नेपाली, १३ वर्षीय कृष्चल दर्जी, ५० वर्षीय मानसिङ गुरुङ, ५९ वर्षीया दालमाया गुरुङ, ६५ वर्षीया रेमकुमारी बस्याल छन् ।
यसैगरी, पुतलीबजार नगरपालिका–७ की ५७ वर्षीया चन्द्र सुब्बा गुरुङ, ३३ वर्षीया शर्मीला नेपाली, उनका साढे २ वर्षका छोरा कृष्ण नेपाली, कास्की पोखरा महानगरपालिका–११ की ६० वर्षीया विष्णुमाया गुरुङ, पोखरा–१५ की ६० वर्षीया बिमला गुरुङ र पोखरा–१७ की ५६ वर्षीया सिता वाग्ले पनि घाइते रहेका छन् ।
उद्धारका लागि प्रहरी निरीक्षकसहित १६ जनाको टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते