पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी-२ स्थित दुलेगौंडा-कोत्रे खण्डको गाँछेपानीमा शनिवार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा भ्यानले ठूलो डिभाइडर नाघेर विपरित दिशातर्फ आउँदै गरेको ग १९ प २९८८ स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कुटर चालक पाँचथर घर भई हाल गाछेपानीस्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा पूजारीको रुपमा कार्यरत ३० वर्षिय गणेश खतिवडा र गाछेपानी निवासी स्कुटरको पछाडी सवार ५५ वर्षिय कृष्ण बहादुर भुजेल रहेका छन् । खतिवडा विगत ४ वर्षदेखि च्यवनधाममा पूजारीको रुपमा कार्यरत थिए ।
खतिवडाको तनहुँ सेवा हस्पिटल, दुलेगौंडामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाए छको । भुजेलको उपचारकै लागि पोखरा ल्याइएकोमा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।
गाडी र गाडी चालक ललितपुरका ६३ वर्षिय कृष्ण बहादुर श्रेष्ठ प्रहरीको नियन्त्रणमा छन् । तीव्र गतिमा गुडेको गाडी ठूलो डिभाइडर नै क्रस गरेर स्कूटरलाई ठक्कर दिएको थियो ।
सम्बन्धित खबर
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल