पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी-२ स्थित दुलेगौंडा-कोत्रे खण्डको गाँछेपानीमा शनिवार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा भ्यानले ठूलो डिभाइडर नाघेर विपरित दिशातर्फ आउँदै गरेको ग १९ प २९८८ स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कुटर चालक पाँचथर घर भई हाल गाछेपानीस्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा पूजारीको रुपमा कार्यरत ३० वर्षिय गणेश खतिवडा र गाछेपानी निवासी स्कुटरको पछाडी सवार ५५ वर्षिय कृष्ण बहादुर भुजेल रहेका छन् । खतिवडा विगत ४ वर्षदेखि च्यवनधाममा पूजारीको रुपमा कार्यरत थिए ।
खतिवडाको तनहुँ सेवा हस्पिटल, दुलेगौंडामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाए छको । भुजेलको उपचारकै लागि पोखरा ल्याइएकोमा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।
गाडी र गाडी चालक ललितपुरका ६३ वर्षिय कृष्ण बहादुर श्रेष्ठ प्रहरीको नियन्त्रणमा छन् । तीव्र गतिमा गुडेको गाडी ठूलो डिभाइडर नै क्रस गरेर स्कूटरलाई ठक्कर दिएको थियो ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते