स्याङ्जामा गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका सबै उम्मेदवारले आफ्नो निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् ।
प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नम्बर १ मा ११ दल र एक स्वतन्त्र तथा क्षेत्र नम्बर २ मा १० दल र दुई स्वतन्त्रसहित दुवै क्षेत्रमा १२/१२ जना उम्मेदवार चुनावी मैदानमा थिए । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था अनुसार सबै २४ जनाले समयमै विवरण पेश गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम फागुन २३ गते र क्षेत्र नम्बर २ को फागुन २४ गते घोषणा गरिएको थियो । उम्मेदवारहरूले कार्यालयमा खर्च विवरण बुझाउनुका साथै केहीले सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेका छन् ।
उम्मेदवारहरूले मनोनयन दर्ता, मतदाता नामावली छपाइ, फोटोकपी, प्रचारप्रसार, मतदाता प्रशिक्षण, सम्पर्क कार्यालय सञ्चालन, स्टेशनरी तथा सञ्चारलगायत शीर्षकमा खर्च गरेको उल्लेख गरेका छन् ।
क्षेत्र नम्बर १ मा सबैभन्दा बढी नेपाली कांग्रेसका भरतराज ढकालले २७ लाख ९ हजार ६६ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । सबैभन्दा कम नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले ९ हजार ९ सय ३१ रुपैयाँ खर्च देखाएका छन् ।
त्यसैगरी नेकपा एमालेका मिनप्रसाद गुरुङले २० लाख ५३ हजार ५ सय ५५, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मीले १९ लाख ४० हजार, नेकपाका शैलेन्द्र रेग्मीले ३ लाख ५ हजार ४ सय १८ रुपैयाँ खर्च गरेका छन् । अन्य उम्मेदवारहरूको खर्च पनि लाखदेखि हजारसम्म रहेको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर २ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले सबैभन्दा बढी १४ लाख २६ हजार ५ सय ९६ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । सबैभन्दा कम स्वतन्त्र उम्मेदवार सागर थापा मगर र जय मातृभूमि पार्टीका धनबहादुर थापाले १०/१० हजार रुपैयाँ मात्रै खर्च देखाएका छन् ।
यसै क्षेत्रमा नेकपा एमालेका खिमबहादुर थापाले १४ लाख २१ हजार १ सय ८०, नेपाली कांग्रेसका भागवतप्रकाश मल्लले १० लाख ४० हजार १५, नेकपाका पदमबहादुर विकले ६ लाख ७८ हजार ४ सय ५० रुपैयाँ खर्च विवरण पेश गरेका छन् ।
जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार सबै उम्मेदवारले कानुनअनुसार तोकिएको समयभित्र खर्च विवरण बुझाएकाले प्रक्रिया पूर्ण भएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते