चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

कुखुरा फार्ममा ठूलो क्षति

Lightening-Photo-File

स्याङ्जाको बिरुवा गाउँपालिका–२ श्रीडाँडामा चट्याङका कारण एक युवकको मृत्यु भएको छ भने कुखुरा फार्ममा ठूलो क्षति पुगेको छ ।

शुक्रबार साँझ आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएका २० वर्षीय मिलन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।

उनलाई उपचारका लागि अस्पताल लगिएकोमा शनिबार बिहान प्रदेश अस्पताल पुतलीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैदिन साँझ हरिनास गाउँपालिका–४ सारुथरस्थित तेजबहादुर थापाले सञ्चालन गरेको कुखुरा फार्ममा अचानक चट्याङ परेको थियो । चट्याङ लाग्दा फार्ममा रहेका साना–ठूला गरी ५५० वटा कुखुरा मरेका छन् भने फार्म पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

सोही घटनाका क्रममा फार्मदेखि करिब ३०० मिटर उत्तरतर्फ घरमा बसिरहेका ५८ वर्षीय खिमबहादुर थापा पनि चट्याङको झड्काबाट घाइते भएका थिए । उनको तनहुँस्थित सेतीगंगा अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ