स्याङ्जामा एक ट्याक्सी चालकले सडकमा भेटिएको सुनका गरगहनासहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेपछि उनको इमान्दारिताको चर्चा सुरु भएको छ ।
शनिबार दिउँसो पुतलीबजार नगरपालिका–१० राङखोला निवासी ३२ वर्षीया अनिता अधिकारी स्कुटरमा स्याङ्जाबाट पोखरा जाँदै थिइन् । छोरीसहित यात्रा गरिरहेकी उनले पछाडि २/३ वटा झोला राखेकी थिइन् । सोही क्रममा सुनका गरगहनासहितको एक झोला सिद्धार्थ राजमार्गमा खसेको थियो । झोला हराएको थाहा पाएपछि उनले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा खबर गरेकी थिइन् ।
यता, स्याङ्जा–पोखरा रुटमा ट्याक्सी चलाउँदै आएका लोकबहादुर थापाले पुतलीबजार नगरपालिका–३ मजुवा क्षेत्रमा उक्त झोला भेट्टाएपछि प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीका अनुसार झोलाभित्र सिक्री २ तोला, हार १ तोला, बेरुवा २ थान, पोतेसहितको सुनको माला १ थान र चन्द्रमा १ थान रहेको थियो । आइतबार बिहान जिल्ला प्रहरी कार्यालयमा चालक थापाले उक्त सामान अधिकारीलाई बुझाएका हुन् ।
निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले थापाको इमान्दारिताको प्रशंसा गर्दै भने, “तपाईंको इमान्दारिताप्रति मलगायत सिंगो प्रहरी कार्यालय नतमस्तक छ ।”
हालको बजार मूल्यअनुसार झोलाभित्र रहेका गरगहनाको मूल्य करिब १८ लाख रुपैयाँ बराबर पर्ने प्रहरीले जनाएको छ । स्थानीयवासीले पनि चालक थापाको कामलाई उदाहरणीय भन्दै प्रशंसा गरेका छन् ।
सम्बन्धित खबर
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती