स्याङ्जाको वालिङस्थित पायोनिअर एजुकेसन एकेडेमीले प्राविधिक शिक्षातर्फ उल्लेखनीय उपलब्धि हासिल गर्दै गण्डकी प्रदेशमै आफूलाई अब्बल सावित गरेको छ । हेल्थ असिस्टेन्ट (एचए) कार्यक्रम अन्तर्गत विद्यालयले उत्कृष्ट नतिजा ल्याएपछि यसको चर्चा बढेको हो ।
गत भदौमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले लिएको परीक्षामा सहभागी ३२ विद्यार्थीमध्ये ३१ जना सफल भएका छन् । विद्यालयका प्रधानाध्यापक मेघराज गैह्रेका अनुसार यो नतिजा झण्डै ९७ प्रतिशत उत्तीर्ण दर हो, जुन प्रदेशकै उत्कृष्टमध्येमा पर्छ ।
उनले यस्तो उपलब्धिले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र प्राविधिक शिक्षामा गरिएको निरन्तर मेहनतलाई पुष्टि गरेको बताए । “यो नतिजा केवल संयोग होइन, हाम्रो टिमको दीर्घकालीन प्रयासको परिणाम हो,” गैह्रेको भनाइ छ ।
पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण तीव्र रूपमा बढिरहेको विद्यालयका प्राविधिक शिक्षा कार्यक्रम प्रमुख हिमनिधि पंगेनीले बताए । सोही मागलाई मध्यनजर गर्दै विद्यालयले गत वर्षदेखि हेल्थ असिस्टेन्ट कार्यक्रम सुरु गरेको थियो ।
वि.सं. २०४४ मा स्थापना भएको यो संस्थाले २०५४ सालदेखि प्राविधिक तथा व्यावसायिक शिक्षा औपचारिक रूपमा सञ्चालन गर्दै आएको छ । अहिलेको नतिजाले विद्यालयलाई गण्डकी प्रदेशमा पहिलो र देशभर दोस्रो स्थानमा उभ्याएको दाबी गरिएको छ ।
करिब तीन दशकअघि स्याङ्जामै पहिलो पटक प्राविधिक शिक्षा सुरु गरेको यस विद्यालयमा अहिले स्याङ्जासँगै पाल्पा, गुल्मी र पर्वतका विद्यार्थी अध्ययन गरिरहेका छन् । स्थानीय अभिभावक र विद्यार्थीको आवश्यकतालाई ध्यानमा राख्दै कार्यक्रम विस्तार गर्दै आएको विद्यालयले जनाएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते