स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

tractor-accident-biruwa

स्याङ्जाको बिरुवा गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।

मंगलबार दिउँसो बिरुवा गाउँपालिका–५ सम्मखोरीस्थित बिरुवा–किचनास सडकखण्डमा ग १ त २९६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी बिरुवा गाउँपालिका–१ का १८ वर्षीय दिवस भुजेल र चालक नवलपरासी पश्चिम बर्दघाटका २४ वर्षीय कृष्ण चौधरी गम्भीर घाइते घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार दुवै जना घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ