२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

pic-arrested-sketch.

चोरी मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जा जिल्ला अदालतको २०५७ जेठ २२ गतेको फैसलाले चोरी मुद्दामा एक महिना कैद सजाय तोकिएका यमबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए । उनका अनुसार गुरुङले यसअघि २५ दिन कैद भुक्तान गरिसकेका थिए भने पाँच दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो ।

पुतलीबजार नगरपालिका–१० राङखोला स्थायी घर भएका ३९ वर्षीय गुरुङ हाल पुतलीबजार–१ मा बस्दै आएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले बुधबार उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङलाई बाँकी कैद सजाय भुक्तानका लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ