स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

budget-file-img

स्याङ्जाका सबै ११ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाका पाँच नगरपालिका र छ गाउँपालिकाले गरी कुल ६ अर्ब ९८ करोड ४२ लाख ८७ हजार ४७३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

सार्वजनिक बजेटमध्ये नगरपालिकातर्फ पुतलीबजार नगरपालिका सबैभन्दा ठूलो बजेट ल्याउने स्थानीय तह बनेको छ । नगरपालिकाले ९६ करोड ७३ लाख १६ हजार ४०० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये ६६ करोड २० लाख ४७ हजार ६०० रुपैयाँ चालूतर्फ तथा ३० करोड ५२ लाख ६८ हजार ८०० रुपैयाँ पूँजीगततर्फ विनियोजन गरिएको छ ।

वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८९ करोड १ लाख ५९ हजार ७३६ रुपैयाँ बजेट सार्वजनिक गरेको छ । यसमध्ये ६२ करोड ४७ लाख ११ हजार ७३६ रुपैयाँ चालूतर्फ र २६ करोड ५४ लाख ४८ हजार रुपैयाँ पूँजीगततर्फ छुट्याइएको छ ।

यस्तै, गल्याङ नगरपालिकाले ८६ करोड ६३ लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरपालिकाले ६२ करोड १५ लाख ५० हजार रुपैयाँ चालूतर्फ र २४ करोड ४८ लाख रुपैयाँ पूँजीगततर्फ विनियोजन गरेको जनाएको छ ।

चापाकोट नगरपालिकाले ६६ करोड ४८ लाख ७४ हजार ७२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा ४१ करोड १३ लाख २७ हजार ४७२ रुपैयाँ चालूतर्फ तथा २२ करोड ३५ लाख ४६ हजार ६०० रुपैयाँ पूँजीगततर्फ विनियोजन गरिएको छ ।

त्यस्तै, भीरकोट नगरपालिकाले ५७ करोड ३० लाख ९७ हजार ८८१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकातर्फ आँधीखोला गाउँपालिका सबैभन्दा बढी बजेट ल्याउने स्थानीय तह बनेको छ । गाउँपालिकाले ६१ करोड ६२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यसमध्ये १८ करोड ५० लाख रुपैयाँ पूँजीगततर्फ विनियोजन गरिएको छ भने बाँकी रकम चालूतर्फ खर्च हुने जनाइएको छ ।

कालीगण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ८१ लाख ८१ हजार रुपैयाँ बजेट ल्याएको छ । गाउँपालिकाले कुल बजेटको ७० प्रतिशत चालूतर्फ र ३० प्रतिशत पूँजीगततर्फ खर्च गर्ने व्यवस्था गरेको जनाएको छ ।

बिरुवा गाउँपालिकाले ५१ करोड ६२ लाख ६८ हजार ३८४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा ३६ करोड ७२ लाख २१ हजार ३८४ रुपैयाँ चालूतर्फ र १५ करोड ६२ लाख ४७ हजार रुपैयाँ पूँजीगततर्फ विनियोजन गरिएको छ ।

त्यसैगरी, अर्जुनचौपारी गाउँपालिकाले ४७ करोड ९४ लाख २४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले ३२ करोड ७० लाख ९० हजार रुपैयाँ चालूतर्फ तथा १५ करोड २३ लाख ३४ हजार रुपैयाँ पूँजीगततर्फ रकम छुट्याएको छ ।

हरिनास गाउँपालिकाले ४४ करोड २४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यसमध्ये ३० करोड ५२ लाख रुपैयाँ चालूतर्फ र १३ करोड ७२ लाख रुपैयाँ पूँजीगततर्फ विनियोजन गरिएको छ ।

फेदीखोला गाउँपालिकाले ४० करोड १६ हजार ४०० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले ३१ करोड ५० लाख १४ हजार ४०० रुपैयाँ चालूतर्फ तथा ८ करोड ५० लाख २ हजार रुपैयाँ पूँजीगततर्फ बजेट विनियोजन गरेको जनाएको छ ।

स्थानीय तहहरूले सार्वजनिक गरेका बजेटमा सडक पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्य सेवा सुधार तथा रोजगारी प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । आगामी आर्थिक वर्षमा स्थानीय विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याइएको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ