स्याङ्जाको फेदीखोला गाउँपालिका–२ मा मापदण्डविपरीत ट्रकको छतको हुडमा चौपाया ढुवानी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्याङ्जाको गल्याङबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३५३७ नम्बरको ट्रकमा २५ वटा भैंसी तथा पाडा र चार वटा बाख्रा गरी २९ वटा चौपायालाई ट्रकको छतको हुडमा राखेर अमानवीय ढंगले ढुवानी गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
प्रहरीले मापदण्डविपरीत चौपाया ढुवानी गरेको आरोपमा गल्याङ नगरपालिका–११ का ४० वर्षीय ईश्वर नेपालीलाई पक्राउ गरेको छ । उनीविरुद्ध पशुपक्षीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले बताए ।
प्रहरीका अनुसार असार २२ गते राति करिब ११ बजे फेदीखोला गाउँपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा नियमित सवारी जाँचका क्रममा उक्त ट्रक रोकेर निरीक्षण गरिएको थियो ।
जाँचका क्रममा ट्रकको हुडभित्र चौपायालाई अत्यन्त साँघुरो ठाउँमा कोचेर राखिएको र तोकिएको मापदण्डविपरीत ढुवानी भइरहेको पाइएपछि ट्रकसहित सबै चौपाया तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार चौपायालाई अनावश्यक पीडा पुग्ने गरी ढुवानी गरिएको देखिएकाले कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो ।
हाल ट्रक, २९ वटा चौपाया र पक्राउ परेका ईश्वर नेपाली प्रहरीको नियन्त्रणमा छन् । घटनामा पशुपक्षीसम्बन्धी कसुरअन्तर्गत अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भइसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना
कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन
स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित