अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एक किसानको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्याङ नगरपालिका–६ बनपालेका ६५ वर्षीय धनबहादुर थापा आफ्नै गोठमा काम गरिरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो । ढुंगा–माटोले बनेको खरले छाएको एकतले कच्ची गोठमाथि पहिरो खस्दा थापा गोठसहित पुरिएका थिए ।
प्रहरी बिहान नै घटनास्थल पुगेपछि स्थानीयवासीसँग मिलेर पहिरो पन्छाउने काम सुरु गरेको थियो । उद्धारका क्रममा धनबहादुर थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
पहिरोले गोठमा बाँधिएको एक भैंसी पनि मरेको छ । त्यस्तै एउटा बंगुर घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा आवश्यक मुचुल्का तथा थप अनुसन्धानको काम भइरहेको छ ।
यसअघि पनि केही दिनयताको लगातार वर्षाका कारण गल्याङ नगरपालिका–६ को पीडीखोला क्षेत्रमा दुई वटा घर र एक विद्यालयमा पहिरोले क्षति पुर्याएको थियो । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहेकाले यस क्षेत्रमा पहिरोको जोखिम अझ बढेको भन्दै स्थानीयवासी त्रसित बनेका छन् ।
यता प्रहरीले लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा सर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते