तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते

दुर्घटना

तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते

tanahu acc

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको हाईस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन्।

गण्डकी प्रदेश ०१–००१ ख ०१७१ नम्बरको हाईस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। हाईसमा सवार १२ जनामध्ये ४ जना सकुशल रहेका छन् भने ८ जना घाइते भएका हुन्।

घाइतेमध्ये ६ जनाको लक्ष्मी अस्पताल, डुम्रेमा उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ