मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते

दुर्घटना

मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते

maldhunga beni

पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित मालढुंगा–बेनी सडकखण्डमा बिहीबार दिउँसो करिब ३:३० बजे पहिरो खस्दा एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

मालढुंगाबाट बेनीतर्फ जाँदै गरेको लु ४१ प २१५७ नम्बरको मोटरसाइकलमाथि माथिबाट खसेको पहिरोले पुरिँदा चालक जलजला गाउँपालिका–४ लामाखेत निवासी ४२ वर्षीय लालबहादुर सुबेदी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

घाइते सुबेदीलाई घटनास्थलबाट उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ