स्याङ्जाको साविक छाङछाङदी गाविसमा १८ वर्षअघि गर्भवती महिलाको मृत्यु भएको घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दामा एक जना प्रतिवादी पुर्पक्षका लागि थुनामा गएकी छन् भने अर्की धरौटीमा छुटेकी छन् ।
साविक छाङछाङदी गाविस–६ की सञ्जु लामिछाने रेग्मीको २०६५ असोज ३ गते गर्भवती अवस्थामा मृत्यु भएको घटनालाई लिएर कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो ।
प्रहरीका अनुसार सञ्जुका श्रीमान् कृष्णप्रसाद रेग्मी र शान्तिदेवी भण्डारीसहितले पूर्वयोजना बनाई सुई तथा औषधि खुवाएर उनको मृत्यु गराएको भन्ने जाहेरी तथा घटनासम्बन्धी विवरणका आधारमा मुद्दा अघि बढाइएको हो ।
मुद्दाका प्रतिवादीमध्ये छाङछाङदी बस्ने शान्ती भण्डारी र पार्वती भण्डारीलाई अनुसन्धान पूरा गरी प्रहरीले २०८३ भदौ ४ गते स्याङ्जा जिल्ला अदालतमा पेश गरेको थियो ।
अदालतले भदौ ५ गते दिएको आदेशअनुसार प्रतिवादी शान्ती भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
अर्की प्रतिवादी पार्वती भण्डारीसँग अदालतले ७५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । उनले तोकिएको धरौटी रकम दाखिला गरेपछि तारेखमा छुटेको प्रहरीले जनाएको छ ।
घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दाको प्रक्रिया भने अदालतमा अघि बढिरहेको छ ।
सम्बन्धित खबर
विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते