स्याङ्जाको साविक छाङछाङदी गाविसमा १८ वर्षअघि गर्भवती महिलाको मृत्यु भएको घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दामा एक जना प्रतिवादी पुर्पक्षका लागि थुनामा गएकी छन् भने अर्की धरौटीमा छुटेकी छन् ।
साविक छाङछाङदी गाविस–६ की सञ्जु लामिछाने रेग्मीको २०६५ असोज ३ गते गर्भवती अवस्थामा मृत्यु भएको घटनालाई लिएर कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो ।
प्रहरीका अनुसार सञ्जुका श्रीमान् कृष्णप्रसाद रेग्मी र शान्तिदेवी भण्डारीसहितले पूर्वयोजना बनाई सुई तथा औषधि खुवाएर उनको मृत्यु गराएको भन्ने जाहेरी तथा घटनासम्बन्धी विवरणका आधारमा मुद्दा अघि बढाइएको हो ।
मुद्दाका प्रतिवादीमध्ये छाङछाङदी बस्ने शान्ती भण्डारी र पार्वती भण्डारीलाई अनुसन्धान पूरा गरी प्रहरीले २०८३ भदौ ४ गते स्याङ्जा जिल्ला अदालतमा पेश गरेको थियो ।
अदालतले भदौ ५ गते दिएको आदेशअनुसार प्रतिवादी शान्ती भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
अर्की प्रतिवादी पार्वती भण्डारीसँग अदालतले ७५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । उनले तोकिएको धरौटी रकम दाखिला गरेपछि तारेखमा छुटेको प्रहरीले जनाएको छ ।
घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दाको प्रक्रिया भने अदालतमा अघि बढिरहेको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा