स्याङ्जाको भीरकोटबाट १६ वर्षीया बालिकालाई भारत लगेर लुकाएको आरोपमा पक्राउ परेका एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । घटनामा संलग्न रहेको आरोप लागेका अन्य आठ जनाको भने प्रहरीले खोजी गरिरहेको छ ।
प्रहरीका अनुसार २०८२ असार ९ गते भीरकोट नगरपालिका–१ बयरघारीबाट बालिकालाई ललाईफकाई आर्थिक प्रलोभनमा पारी योजना बनाएर बेचबिखन गर्ने उद्देश्यले भारत पुर्याइएको थियो ।
रुपन्देहीको देवदह नगरपालिका–टटेरा घर भई बयरघारीमा काम गरी बस्ने ३५ वर्षीय घनश्याम चौधरीसहित आठ जनाले बालिकालाई भारतको महाराजगन्ज जिल्लास्थित बरगदवा गाउँमा लगेर लुकाइछिपाई राखेको आरोप छ ।
घटनाबारे मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
मुद्दाका प्रतिवादीमध्ये घनश्याम चौधरीलाई प्रहरीले २०८३ साउन १० गते पक्राउ गरेको थियो ।
अनुसन्धान पूरा गरी उनलाई स्याङ्जा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले भदौ ८ गते पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोप लागेका अन्य आठ जना प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते