बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

jail-1024×624

स्याङ्जाको भीरकोटबाट १६ वर्षीया बालिकालाई भारत लगेर लुकाएको आरोपमा पक्राउ परेका एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । घटनामा संलग्न रहेको आरोप लागेका अन्य आठ जनाको भने प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीका अनुसार २०८२ असार ९ गते भीरकोट नगरपालिका–१ बयरघारीबाट बालिकालाई ललाईफकाई आर्थिक प्रलोभनमा पारी योजना बनाएर बेचबिखन गर्ने उद्देश्यले भारत पुर्‍याइएको थियो ।

रुपन्देहीको देवदह नगरपालिका–टटेरा घर भई बयरघारीमा काम गरी बस्ने ३५ वर्षीय घनश्याम चौधरीसहित आठ जनाले बालिकालाई भारतको महाराजगन्ज जिल्लास्थित बरगदवा गाउँमा लगेर लुकाइछिपाई राखेको आरोप छ ।

घटनाबारे मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

मुद्दाका प्रतिवादीमध्ये घनश्याम चौधरीलाई प्रहरीले २०८३ साउन १० गते पक्राउ गरेको थियो ।

अनुसन्धान पूरा गरी उनलाई स्याङ्जा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले भदौ ८ गते पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोप लागेका अन्य आठ जना प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ