पोखरा । MAW Vriddhi Autocorp Pvt. Ltd. ले यस शुक्रबार पोखरामा नयाँ NEVO Q05 सार्वजनिक गर्ने तयारी गरेको छ। त्यसपछि ४ दिने टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुनेछ। ग्राहकहरूले असोज ३ देखि ६ गतेसम्म चौतास्थित Deepal Pokhara Showroom मा NEVO Q05 को प्रत्यक्ष अनुभव लिन सक्नेछन्।
Changan को नयाँ–ऊर्जा सवारी साधन पोर्टफोलियोअन्तर्गत रहेको NEVO Q05 ले नेपालमा Deepal मार्फत प्रस्तुत भइरहेको स्टाइलिस, प्रविधिमैत्री र प्रिमियम EV अनुभवलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ। चीनमा पछिल्ला ५ महिनादेखि आफ्नो सेग्मेन्टको नम्बर १ SUV का रूपमा रहेको Q05 ले Comfort, Design र Technology मा “A Class Above” अनुभव प्रदान गर्ने लक्ष्यसहित आधुनिक EV प्रविधि, समसामयिक डिजाइन र स्मार्ट मोबिलिटीलाई एकसाथ प्रस्तुत गर्दछ।
नयाँ NEVO Q05 ले शहरी प्रयोगका लागि उपयुक्त बाहिरी आकारसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्दछ। यसको २,७३५ mm ह्वीलबेसले विशेषगरी पछाडिको सिटमा यात्रा गर्ने यात्रुका लागि पर्याप्त ठाउँ उपलब्ध गराउने गरी डिजाइन गरिएको छ। पछाडिका सिटहरू Reclining हुने भएकाले यात्राको आराम थप बढ्छ भने ५४० लिटरको स्ट्यान्डर्ड बुट स्पेसले सामान, किनमेल तथा पारिवारिक यात्राका लागि पर्याप्त स्थान प्रदान गर्दछ।
डिजाइन Q05 को अर्को प्रमुख विशेषता हो। यो सवारी साधन Changan को विश्वव्यापी डिजाइन नेटवर्कअन्तर्गत विकसित गरिएको हो, जसमा ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनलहरू संलग्न छन्। उक्त टोलीको नेतृत्व Changan Global Design Vice-President तथा पूर्व Volkswagen Group Design Chief Klaus Zyciora ले गरेका छन्।
नयाँ Q05 मा सफा र एरोडाइनामिक प्रोफाइल, विशिष्ट लाइटिङ सिग्नेचर तथा फराकिलो र आत्मविश्वासी रोड प्रेजेन्स रहेको छ। यसको डिजाइनले Golden A’ Design Award मार्फत अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त गरिसकेको छ।
यो इलेक्ट्रिक SUV मा ५१.९ kWh CATL Lithium-Iron-Phosphate (LFP) Battery रहनेछ, जसलाई Changan को Golden Shield 2.0 Battery System Technology सँग एकीकृत गरिएको छ। यसले 3C Fast Charging सपोर्ट गर्नेछ भने अधिकतम DC Charging क्षमता १६२ kW सम्म रहेको छ।
NEVO Q05 अन्तर्राष्ट्रिय बजारमा समेत उल्लेखनीय उपस्थितिसहित नेपालमा प्रवेश गर्न लागेको छ। Changan NEVO का अनुसार, अगस्ट २०२६ को अन्त्यसम्म Q05 को कुल बिक्री १,२५,०००+ युनिट पुगेको थियो। साथै, यसले चीनको Compact SUV बिक्रीमा लगातार चार महिनासम्म अग्रता हासिल गरेको रिपोर्ट गरिएको छ।
फराकिलो केबिन, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त डिजाइन र उन्नत प्रविधिसहित Changan NEVO Q05 ले नेपालको Compact Electric SUV सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने तयारी गरेको छ — वास्तवमै “A Class Above.”
Changan Nepal बारे
Changan Automobile चीनका ठूला तथा लामो इतिहास भएका अटोमोबाइल निर्माता कम्पनीहरूमध्ये एक हो र चीनका “Giant Four” प्रमुख अटोमोटिभ समूहहरूमध्ये एक हो। China South Industries Group Corporation अन्तर्गतको राज्य स्वामित्वको अटोमोबाइल कम्पनीका रूपमा Changan सँग १६० वर्षभन्दा बढीको औद्योगिक विरासत तथा दशकौँ लामो अटोमोटिभ अनुभव रहेको छ। १०० भन्दा बढी देशमा उपस्थिति र १८,००० भन्दा बढी इन्जिनियरहरूको विश्वव्यापी टोलीसहित Changan ले Intelligent, New-Energy तथा Next-Generation Mobility क्षेत्रमा आफ्नो उपस्थिति स्थापित गरेको छ।
MAW Vriddhi Autocorp Pvt. Ltd. बारे
MAW Vriddhi Autocorp Pvt. Ltd. नेपालमा Changan Automobile तथा यसका सब–ब्रान्डहरू—Deepal, NEVO र AVATR—को अधिकृत डिलर हो। कम्पनीले नेपालमा उन्नत प्रविधि, नवीन डिजाइन तथा Next-Generation Mobility Solutions उपलब्ध गराउँदै आएको छ।
MAW Vriddhi Autocorp Pvt. Ltd. is an authorized dealership representing Changan Automobile and its sub-brands—Deepal, NEVO, and AVATR in Nepal, bringing advanced technology, innovative design, and next-generation mobility solutions to the market.
सम्बन्धित खबर
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन