जेनजी अभियन्ता तनुजा पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहको सरकार जनताप्रति उत्तरदायी र संसद्प्रति जवाफदेही नभएको आरोप लगाएकी छन्।
एकपछि अर्को अलोकतान्त्रिक घटना भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत पाण्डेले यस्तो आरोप लगाएकी हुन्। उनले कहिले मिडिया हाउस अगाडि गाडी तेर्स्याउने, कहिले अधिकारकर्मीमाथि हातपात गर्ने, कहिले हातखुट्टा भाँचिदिने धम्की दिने र कहिले न्यूजरुमबाटै पत्रकारलाई उठाएर लैजाने घटनाप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
‘न जनताप्रति कुनै उत्तरदायित्व छ, न त कुनै डर छ, न सदन प्रति नै जवाफदेहिता। कहिले मिडिया हाउसअगाडि गाडी तेर्स्याउने, कहिले अधिकारकर्मीमाथि हातपात गर्ने, कहिले कसैका हातखुट्टा भाँच्दिने धम्की दिने, त कहिले न्युजरुमबाटै पत्रकार उठाएर लैजाने! एकपछि अर्को अलोकतान्त्रिक काण्ड घटाएर विषयान्तर गर्ने!’ उनले भनेकी छन्।
पाण्डेले आफ्नै सुरक्षा निकायले के गर्यो भन्ने विषयमा प्रधानमन्त्री कार्यालयले अनभिज्ञता जनाएको प्रसंगलाई समेत प्रश्न गरेकी छन्। ‘देशले अरूको भूभाग मिचेको छ भनेर कसैलाई थाहा नभएको कुरा थाहा पाउने सर्वज्ञानीले, आफ्नै सुरक्षा निकायले के गर्यो भन्ने चाहिँ थाहा थिएन भनिदिने— अनि हामीले पत्याइदिनुपर्ने?’ उनले प्रश्न गरेकी छन्।
उनले प्रधानमन्त्री शाहलाई लक्षित गर्दै देशलाई नै ‘लुडो’ बनाएको टिप्पणी गरिन्।
‘देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको सम्पूर्ण श्रेय पनि आफैँ लिनुहोस् प्रधानमन्त्रीज्यू!’ पाण्डेले भनेकी छन्।
सम्बन्धित खबर
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते