काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई छानबिन गरी दोषीमाथि कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
पार्टीले प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि समेत सरकारलाई निर्देशन दिएको हो ।
बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्ने र न्युज रुममा प्रहरी प्रवेश गर्ने घटनालाई बैठकले गलत भनेको बताए ।
उनले भने, ‘हिजो जुन घटना भयो त्यसमा प्रधानमन्त्री कार्यालयले पनि आफ्नो संलग्नता नभएको बताइरहँदा बैठकले सरकारलाई स्पष्ट रूपमा यो किन, कसरी भयो र कसले गर्यो भन्ने छानबिन गर्न र दोषीमाथि कारबाही गर्न निर्देशन दिएको छ ।’
उनले थपे, ‘यो काममा कुनै ढिलासुस्ती नहोस् भन्नेमा पार्टी प्रस्ट छ।’
उनले कारबाही गर्दा कुनै पनि सम्झौता नगर्न र शीघ्र कारबाही गरेर परिणाम देखाउन पनि सरकारलाई आग्रह गरे । खरेलले रास्वपाले सोसल डेमोक्रेसीलाई आत्मसात् गर्ने स्पष्ट पार्दै प्रेस स्वतन्त्रताप्रति पार्टीको प्रतिबद्धता दोहोर्याए ।
सम्बन्धित खबर
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते