काठमाडौँ | नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले विसं २०६७ माघ २३ गते पदबहाली गरेको दिन सो सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेका थिए ।
प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट स्वीकृत गरी आर्थिक प्रस्ताव खोल्ने गरी प्रक्रिया अघि बढाइएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । मार्ग निर्माणका लागि एक जापानी र पाँच चिनियाँ कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेको आयोजना निर्देशक श्यामप्रसाद खरेलले जानकारी दिए ।
प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीको मात्र आर्थिक प्रस्ताव खोलिने उनले बताए । आर्थिक प्रस्तावको सबै प्रक्रिया पूरा गरी वैशाख अन्तिम सातादेखि नै निर्माण व्यवसायी काममा परिचालन गर्ने गरी तयारी भएको आयोजनाले जनाएको छ ।
प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणका लागि रु २२ अर्ब लाग्ने लागत अनुमान गरिएको छ । साढे पाँच अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाको वडा नं. १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण शुरु भएको छ । हालसम्म रु दुई अर्ब ४० करोड मुआब्जा वितरण भइसकेको जनाइएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण सहयोगमा दुई वर्ष अघिदेखि सुरुङ मार्ग निर्माण प्रक्रिया शुरु भएको थियो । सुरुङ मार्गका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्नेछ । रु छ अर्ब सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने आयोजनाले छ ।
चार वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण गर्न लागिएको हो ।
सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
धादिङका सुनिलले ‘क्ल्याप पुलअप’मा तोडे १० वर्ष पुरानो गिनिज वल्र्ड रेकर्ड
नौबिसे–मलेखु सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी