पोखरा । आज राष्ट्रिय धान दिवस । नेपालभर असार १५ गते,धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान रोपिन्छ । युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन् । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ ।

यस्तै आज पोखरामा १६ औँ असारे रोपाई महोत्सव –२०७६ हुँदैछ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मुल नाराका साथ पोखरा पर्यटन परिषदले पोखरा १७ महतगौँडाको बिरुवाफाँटमा रोपाईँ महोत्सव आयोजना गरेको हो । पोखराको पामे र बेगनास क्षेत्र वरीपरी पनि धान दिवस मानईन्छ ।

महोत्सवको अवसरमा साउने प्रतियोगिता (हलगोरुको दौड), विभिन्न आमा समुह बीच असारे गीत तथा रोपाइँ प्रतियोगिता,साँस्कृतिक प्रस्तुती लगाएतका कार्यक्रम समावेश गरिएको छ । परिषदले विगत १५ वर्षदेखि असारे रोपाई महोत्सव गर्दै आएको छ ।





सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?