धादिङे ठिटो राजकुमार बानियाँको मौलिक तीज गीत ‘श्रीमति’, धादिङकै दृश्य (भिडियो सहित)

धादिङे ठिटो राजकुमार बानियाँको मौलिक तीज गीत ‘श्रीमति’, धादिङकै दृश्य (भिडियो सहित)

Shreemati

यसअघि दिदीबहिनीको व्यथा समेटेर मौलिक तीज गीत बजारमा ल्याएका धादिङे ठिटो राजकुमार बानियाँले यस वर्ष श्रीमतिको माईत जाने रहरलाई समेटेका छन् । सधैं विशुद्ध लोक तथा दोहोरी गीत गाएर नेपाली गीतसंगीतको क्षेत्रमा एक दशकदेखि योगदान दिइरहेका राजकुमार बानियाँले यस वर्षको तीजमा श्रीमति बोलको तीजगीत सार्वजनिक गरेका छन् ।

आफ्नै म्युजिक कम्पनी जलेश्वरी म्युजिक प्रालिको प्रस्तुतिमा आफ्नै नामको च्यानलबाट आज सार्वजनिक गरेको गीतले राम्रो प्रतिक्रिया पाईरहेको छ । थोरै सब्स्क्राइबर भएको च्यानलबाटै भिडियो पब्लिक गरेर जोखिम मोलेका राजकुमारलाई विशुद्ध मौलिक तीजगीत भएकाले सबैले माया गरिदिने विश्वास छ । आफ्नै भाका र शब्द रहेको गीतमा अहिले धेरै नै रुचाईएकी बोलमाया र गलबन्दीकी गायिका शान्ति श्री परियारले श्रीमतिको स्वर भरेकी छिन् ।

गीत तयार पार्न मात्र उनको मेहनत छैन । भिडियो तयार पार्न आफ्नै धादिङ मुलपानी स्थित घरमा पुगे । बर्षे असारे झरीको परवाह नगरी उनको टीम त्यहाँ पुगेर साँच्चै तीजको समयमा गाडी नजाने, भत्केको बाटो, पहिरोको डरमा कसरी जान्छौ ? माईति लिन आएनन्, फोनको भरमा बोलाए, भन्दै श्रीमानको पीरलाई पनि समेटेका छन् । गाउँघरमै पुगेर वास्तविक तीज गीत जस्तै वास्तविक भोगाईलाई भिडियोमा खिचेका छन् ।

भिडियोको निर्देशन पनि राजकुमार आफ्नै छ । श्रीमतिको भूमिका जुना गुरुङले गज्जबले निभाएकी छिन् । राजकुमारलाई संगीत क्षेत्रमा ल्याउन प्रेरणा र अहिलेसम्म हरदम साथ दिने सहोदर दाइ सुरेश बानियाँ सहित परिवार, गाउँले पनि भिडियोमा समेटिएका छन् । धादिङमै पुगेर विपि फिल्मस् नेपालबाट करण चैसिरले खिचेको भिडियोलाई काटकुट पारेर जोड्ने व्यस्त सम्पादक प्रविण भट्ट हुन् । पोष्ट प्रोडक्शन सन्तोश चौहानको हो ।

http://gandaknews.com/rajkumar-didi-bahini/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ