काठमाडौं । बलात्कारको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले दोस्रो राजीनामा पत्र उपसभामुखलाई बुझाए तर उनले दोस्रो राजीनामा पत्रमा पनि सांसद भने त्यागेनन्। संसद सचिवालय स्रोतका अनुसार महराले मंगलबार दिएको राजीनामा पत्र सच्याउँदै अर्को राजीनामा पत्र बुझाए । उनले हिजोकै मितिमा राजीनामा पत्रको व्यहोरा सच्याएर उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई दिएक । महराले मंगलबार ‘छानबिन प्रक्रिया नसकिंदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए। तर उनले नयाँ राजीनामा पत्रमा भने त्यो वाक्य हटाएका छन्।
स्रोतका अनुसार महराले नयाँ राजीनामा पत्रमा ‘नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु’ भनेर उल्लेख गरेका छन्। उनको राजीनामा सर्तसहितको भएको भन्दै नेकपाकै नेताहरूले आलोचना गरेका थिए। उपसभामुख शिवमाया तुम्बाहाम्फे महराको राजीनामा पत्र बोकेर आएका उनका स्वकीय सचिव सागर केसीलाई सर्तसहितको राजीनामा पत्रमा असन्तुष्टि जनाएकी थिइन्। उनले राजीनामा पत्रको व्यहोरा सच्याउन महरालाई खबर पठाएकी थिइन्।
बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएपनि कृष्णबहादुर महराले अझै सांसद पदबाट राजीनामा दिएका छैनन्। सत्तारुढ नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्न सुझाव दिएको छ। तर महरा भने तत्कालै सांसद पद त्याग्ने मुडमा देखिएका छैनन्। उनले सभामुख पदबाट राजीनामा दिदाँ समेत लटरपटर भाषा प्रयोग गरे। न त उनले संविधानको धारा उल्लेख गरेका छन्। न त राजीनामा सभामुख पदबाट दिएको वा सांसद पदबाट दिएको नै खुलाएका छन्।
महराले नयाँ राजीनामा पत्र बुझाएपछि संघीय संसद सचिवालयले राजीनामाको सूचना टाँसेको छ। महराले सांसद पदबाट राजीनामा नदिए राजनीतिक दलसम्बन्धी ऐनको दल त्यागसम्बन्धी व्यवस्थामार्फत् महरालाई हटाउने चेतावनी नेकपाले दिइसकेको छ।
महराले राजीनामा दिएसँगै उनको नाम संघीय संसद सचिवालयको वेवसाइटबाट समेत हटाइएको छ। महराले सांसद पदबाट मुक्त हुन फेरि अर्को राजीनामा दिनु पर्ने नेकपाका एक नेताले बताए। ‘उहाँले सांसद पदबाट पनि राजीनामा दिनुपर्छ। नदिए पार्टीले उहाँलाई सांसदको हैसियतमा व्यवहार गर्दैन,’ उनले भने। महराले सांसदबाट पनि उपसभामुख तुम्बाहाम्फेलाई नै राजीनामा बुझाउनु पर्छ। सभामुख पदको राजीनामा कसैले स्वीकृत गर्न नपर्ने भए पनि सांसदको राजीनामा उपसभामुखले स्वीकृत गर्नु पर्ने हुन्छ। महरा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा दाङ-२ बाट निर्वाचित भएका थिए।
‘पार्टीले छानबिनमा सहयोग होस् भनेर सभामुख र सांसद पदबाट राजीनामा दिन भनेको हो,’ नेकपाका एक सचिवालय सदस्यले भने, ‘सांसद रहिरहँदा पनि छानबिनमा असर पर्छ भनेर राजीनामा दिन भनिएको हो।’ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले राजीनामा दिन सुझाव दिनुअघि महरासँग टेलिफोनमा कुराकानी गरेका थिए।
महराले फोनमा अध्यक्षद्वयलाई आफूले कुनै महिलालाई भेट्न नगएको बताएका थिए। जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले, ‘विज्ञप्तीबाटै थाहा भयो नि’ भन्दै जवाफ फर्काएका थिए। महराले आफू आरोप लगाउने महिलालाई भेट्न नगएको बताए लगत्तै ओलीले व्यङ्ग्य गर्दै ‘सुरक्षाकर्मीहरुबाट थाहा भयो’ भन्ने जवाफ दिएका थिए।
नेकपाका एक सचिवालय सदस्यले महरालाई सांसदको हैसियतमा पार्टीले नचिन्ने बताए। ‘उहाँ अब संसदीय दलको बैठकमा निम्त्याइनु हुन्न। किनभने दलले उहाँलाई चिन्दैन’, ती नेताले भने, ‘उहाँले कहाँ राजीनामा दिने भन्ने थाहा नपाएकाले सांसद पदबाट राजीनामा नदिनु भएको होला।’
महराले राजीनामा नदिए उनलाई राजनीतिक दल सम्बन्धी ऐनको दल त्याग सम्बन्धी व्यवस्था मार्फत् हटाउने तयारी नेकपाको छ। ऐनको दफा ३२ मा दलको केन्द्रीय समितिले कुनैपनि सदस्यलाई दलबाट निस्कासन गर्न सक्ने व्यवस्था रहेको छ। यसरी निस्कासन गरेपछि उनको सांसद पद गुम्नेछ।
सम्बन्धित खबर
शिक्षामन्त्री पुनले भने- कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाइले !
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
आगजनी गर्ने बानी भयो भने भोलि जो कोहीले जो कसैलाई जलाउन सक्ने चिन्ता भएको छ: प्रधानमन्त्री
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’