काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सहमतिबारे दुवै देशका तर्फबाट १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । सीको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गरी आगामी दिनमा द्विपक्षीय हित र सम्बन्ध विस्तारमा सहयोगी हुने विश्वास सो संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
सीको भ्रमणका क्रममा दुबै देशबीच द्विपक्षीय सम्बन्ध विस्तार क्षेत्रीय र अन्तर्राष्ट्रि चासोका बारेमा विचारको आदानप्रदान भएको जनाइएको छ । दुबै देश एक अर्कोको स्वतन्त्रता, सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्न र एक अर्काको चिन्ता र हितको सामना गर्न सहमत भएका छन् । दुबै देश असल छिमेकी नीतिको पालना गर्ने र स्थिरता र विकासमा मिलेर अघि बढ्न सहमत भएको वक्तव्यमा उल्लेख गरिएको छ ।
नेपाली पक्षले एक चीन नीति प्रतिको आफ्नो दृढतालाई दोहोराएको छ र ताइवान चिनियाँ क्षेत्रको एक अक्षम्य हिस्सा रहेको र तिब्बत मामला चीनको आन्तरिक मामला भएको जनाइएको छ । नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिन नेपाल दृढ रहेको जनाइएको छ ।
त्यस्तै चिनियाँ पक्षले नेपालको स्वतन्त्रता, सम्प्रुभुता र क्षेत्रीय अखण्डतालाई अक्षुण राख्न नेपाल प्रति आफ्नो दृढ समर्थन दोहोराएको छ र स्वतन्त्र रुपमा नेपालको सामाजिक व्यवस्था र विकासको पथप्रति चीनको समर्थन र सम्मान व्यक्त गरेको छ ।
नेपाल र चीन बेल्ट एण्ड रोड पारस्परिक रुपमा अवसर रहेको र दुवै देशलाई फाइदा हुने गरि अघि बढ्नका लागि सहयोग पु¥याउने परियोजना रहेकोमा सहमत भएका छन् । यसले यो क्षेत्रको शान्ति स्थायित्व र विकासका लागि फाइदा पुग्ने विषयमा दुबै पक्षको विश्वास लिएको संयुक्त प्रेस वक्तव्यमा जनाइएको छ ।
हेर्नुस् संयुक्त वक्तव्यको पूर्ण पाठ –
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”37391″ /]

सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्