पोखरामा पारस र सोनिका ! ‘हाम्रो भेट भगवानले जुराएको, पारस सरकार मलाई सुधार्ने प्रयासमा हुनुहुन्छ’ (भिडियोसहित)

पोखरामा पारस र सोनिका ! ‘हाम्रो भेट भगवानले जुराएको, पारस सरकार मलाई सुधार्ने प्रयासमा हुनुहुन्छ’ (भिडियोसहित)

sonica_paras 1

पोखरा । पूर्वयुवराज पारस शाह अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् । विवादित युट्युबर सोनिका रोकायसित पूर्वयुवराज पारस शाहको निकटताको चर्चाले अहिले सामाजिक सञ्जाल तातेको छ । पछिल्लोपटक भाइरल बनेको एउटा टिकटक भिडियोले उनीहरुको सम्वन्धमाथि थप कौतुहल जन्माएको छ । सुरुमा टिकटकमा भाइरल बनेका पारस फेसुबुक र ट्वीटरमा पनि ट्रोल बनेका छन् ।

पछिल्लो समय पारस र सोनिका रोकाया निकट देखिन्छन् । सोनिका रोकाया युट्युबमा ‘डबल मिनिङ’ लाग्ने र ‘भल्गर’ शब्द प्रयोग गरिएका भिडियो बनाएर चर्चामा आएकी पात्र हुन् । परिवारबाटसमेत बहिष्करणमा परेका पारस केही महिनादेखि सोनिकासँग देखिन थालेका हुन् । लामो समयदेखि उनको पत्नी हिमानीसँग सम्वन्ध बिग्रेको छ । यसबीचमा उनी केही समय थाइल्यान्डमा थाई युवतीसँग प्रेममा परेका थिए ।

के छ अहिले भाइरल भिडियोमा ?

युट्युबमा छाडा अन्तरवार्ता लिएर चर्चामा आएकी सोनिकाले पारसलाई पृष्ठभूमिमा देखाएर टिकटक भिडियो बनाउने गरेकी छन् । पारससँग निकटता झल्किने केही तस्वीर पनि उनले बाहिर ल्याएकी छन् । अहिले सार्वजनिक भएको भिडियो चाहिँ अरु कसैले खिचेका हुन् । बीच सडकमा हार्ले डेभिड्सन मोटरसाइकल रोकेर बसेका पारस केही मानिससँग वादविवाद गरिरहेका देखिन्छन् । मोटरसाइकलमै बसेका पारसलाई केही मानिसले भनिरहेका छन्, ‘दाइले भनेको मान्ने मान्छे हो हामी, केही भयो भने अप्ठेरो हुन्छ भनेर यहाँ तपाईंलाई देखेर आएको, हामी पनि राजावादी हो ।’

पारस उनीहरुको कुरा सुन्ने बित्तिकै जवाफ दिन्छन्, ‘तपाईंले भन्न खोजेको के ? यो वादी हो, त्यो वादी हो नभन्नुस् के, राजावादी भनेको छुट्याउने कुरा भो । हामी नेपाली हो । त्यस्तो कुरा गर्नुस् मसँग । कुरा गर्दागर्दै युट्युबर सोनिका रोकाया आएर उनको मोटरसाइकलको पछाडि बस्छिन् । त्यसपछि अरु कुनै कुरा नसुनी पारसले मोटरसाइकल स्टार्ट गर्छन् र मोटरसाइकलमा सोनिकालाई राखेर कुदेको देखिन्छ ।

https://www.facebook.com/amritt977/videos/454537095164563/

 योभन्दा अगाडि पनि एउटा नाइट क्लवमा पारस पृष्ठभूमिमा देखिने गरी सोनिकाको केही टिकटक भिडियो आएका छन् ।

https://www.tiktok.com/@sonicarokaya/video/6746465601528564994/ 

के भन्छिन् सोनिका ?

एउटा लन्जबारमा पारसको अंगालोमा बाँधिएको तस्वीर सार्वजनिक भएपछि सोनिका पारससँग निकट रहेको कुरा धेरैले थाहा पाएका थिए । यी दुई प्रेम सम्बन्धमा छन् वा साथी मात्रै हुन् भन्नेबारे सबैका आ–आफ्नै अनुमान छ ।

यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा विभिन्नथरी प्रतिक्रिया आइरहेका छन् । कतिपयले पूर्वयुवराजको घर बिगारेको भन्दै सोनिकालाई गाली गरेका छन् भने कतिले हिमानी जस्ती श्रीमती हुँदाहुँदै अन्य युवतीसँग हिमचिम गरेको भनेर पारसलाई गाली गरेका छन् ।

पोखरामा खिचिएको भाईरल भिडियो र पारससँगको सम्बन्धबारे पोखरामै रहेकी सोनिकासँग अनलाइनखबरले टेलिफोनमा कुराकानी गरेको छ । सोनियाको भनाई जस्ताको तस्तै अनलाइनखबरबाट साभार:

“मलाई नसोधी भिडियोलाई आधार बनाएर समाचार छापिएका छन् । हामी दुवैको नकारात्मक विगतका कारण अनेकथरी आशंकाहरु गरिएको हुन सक्छ । तर, त्यस्तो केही होइन । हामी राम्रो साथी मात्र हौं । उहाँ देशभक्त र एकान्त मन पराउने मान्छे हुनुहुन्छ । मिडियामा आएका समाचारप्रति मेरो र पारस सरकारको चित्त दुखाई छ ।त्यो भिडियो चार दिन अगाडिको हो । म पोखरामा थिएँ । पारस सरकार र म मिल्ने साथी हौं । उहाँले भेटौं भने पछि एउटा क्याफेमा म गएको थिएँ । क्याफेको नाम मलाई याद भएन । भेटघाट र खाजा खाईसके पछि म निस्कन खोजेँ । पारस सरकारले ‘मेरो बाईकमा बस, म पुर्‍याई दिन्छु’ भनेपछि म क्याफेमा बिल तिर्न थालेँ । उहाँले बाईक स्टार्ट गर्नुभयो । म उहाँको मोटरसाईकलमा चढेर आफ्नो बाटो लागें । भएको यत्ति हो ।त्यहीबेला उहाँका शुभचिन्तकले भिडियो खिचेका रहेछन् । त्यही भिडियो अहिले भाईरल बनाइएको रहेछ ।म अलिकति हावा टाईपको मान्छे छु । उहाँ बार्दलीमा रहेको भिडियोबारे भन्नु पर्दा पारस सरकारलाई एक्कासी देखेपछि मैले मेरो टिकटकको ड्राफ्टमा भएको गीतमा भिडियो बनाएको हुँ । त्यो पोखराकै हो, तर कुनै कोठाको सिन हुँदै होईन । मैले पारस सरकारसँग बेडरुममा भेटेको छैन/होईन ।हामी मिल्ने साथी हौं । हो म उहाँसंग नजिक छु । हामी भेट गरिरहन्छौं, तर कोही मान्छेसँग भेट्दैमा, कुरा गर्दैमा त्यसलाई शंकाको नजरले हेर्नु गलत हो ।जहाँसम्म पारस सरकारले मलाई अंगालोमा हालेको फोटोको कुरा छ । त्यो फोटो दरबारमार्गको एक लाउन्जमा अलि पहिले खिचिएको हो । मेरो निमन्त्रणमा उहाँ आफ्नो परिवारका सदस्यसहित त्याहाँ आउनु भएको थियो । साथी–साथीको रुपमा त्यो फोटो खिचिएको हो ।म नेपाली हुँ । त्यसैले ममा नेपाली संस्कार हुनुपर्छ । तर मेरो आत्मा भड्किरहेको थियो । लाज, इज्जत नभएको, आफ्नै दुनियाँमा रमाउने, संस्कार नभएको, बुबा–आमाको कुरा नमान्ने अवस्थामा म पुगेको थिएँ । नढाटी भन्छु मेरो आत्मा भड्कीएको थियो, म छाडा भएकी थिएँ । समाजले मलाई …. भन्थे । तर मलाई आफू के गरिरहेको छु भन्ने हेक्का नै थिएन । सायद भाग्यले होला मेरो पारस शाह सरकारसंग भेट भयौं । उहाँ मलाई सुधार्ने प्रयासमा हुनुहुन्छ । तिमी जस्तो युवा बिग्रनु हुन्न भनेर उहाँ मलाई ढाडस दिई रहनु भएको छ । हाम्रो भेट भगवानले जुराएको जस्तो लाग्छ ।कहिलेदेखी हामी नजिक भयौं याद छैन, तर तीन महिना भन्दा धेरै भएको छैन ।मेरा राम्रा कुरालाई पत्रकारले स्थान नै दिएनन् । मैले कपिल शर्मालाई नेपाली गित गाउन लगाएँ । मलाई कुनै पत्रकारले सोधेनन् कि कसरी त्यो सम्भव भयो भनेर । तर आज म पनि नकारात्मक विगत भएको मान्छे । पारस शाह पनि विवादित मान्छे, हाम्रो विगतको नकारात्मकतालाई मसला बनाएर हामीलाई थप पीडित बनाउने काम भयो । पारस शाह किन बिग्रिए भनेर मैले खोज्न थाले, उहाँ पनि म जस्तो युवा किन बिग्रियो ? भनेर खोज्न थाल्दा मिलनबिन्दु भेटियो । म शिक्षीत केटी हुँ तर अहिले उहाँबाट दीक्षा पाईराखेको छु । मैले अघि नै भने म जस्तो बिग्रीएको मान्छेलाई पारस सरकार सुधार्दै हुनुहुन्छ । उहाँमा देशभक्ति र युवाप्रति माया छ । तर उहाँबारे कसैले जान्न र बुझ्न प्रयास नै गरेन । उहाँलाई वर्षौं देखि पागल जस्तो सोचिएको छ । सबैले पागल र बिग्रिएको भन्दाभन्दै पागल भएका र बनाइएका मान्छे हौं हामी । हामी दुईले सुध्रिन गरेको प्रयासलाई यहाँ अनर्थ लगाइयो । हाम्रो मित्रताले उहाँको घर बिग्रन्न तर मिडियाको गलत बुझाई र समाचार सम्प्रेषणले पारस सरकार र उहाँको परिवारमा गहिरो चोट पुगेको छ । म तपाईसँग नढाँटि भन्छु आफूलाई नबुझि मिडिया र समाजले लखेटेको भन्दै पारस सरकार मसँग डाँको छोडेर धेरै पटक रुनु भएको छ । हामीसंग सत्य नबुझी अर्काको परिवार भांडिने काम कसैले पनि गर्नु हुन्न ।”

को हुन सोनिका ?

बझाङ स्थाइ घर भएकी सोनिकाले यूट्यूबमा ‘द सोनिका सो’ नामक कार्यक्रम चलाउने गरेकी छन्। उनले चलाउने कार्यक्रममा विशेषगरी वयस्क र द्विअर्थी विषयले भरिएका हुन्छन्। यूट्यूवमा उछृङ्खल र अश्लिल संवादहरुको भिडियो बनाएर चर्चामा आएकी उनी जति यस्ता अन्तरवार्ता तथा शो गर्न चर्चित छिन् उस्तै शैलीमा अन्तरवार्ता दिने गरेकी छिन्। हालै उनले मुम्बई पुगेर भारतका चर्चित कमेडियन कपिल शर्माको समेत अन्तरवार्ता लिएकी छन्।

यस्तै उनी अन्तरवार्ता लिने अन्य यूट्यूबरको रोजाइमा पनि उत्तिकै पर्छिन्। पछिल्लो समय यूट्यूबमै व्यस्त देखिए पनि उनले केही म्यूजिक भिडियोहरूमा मोडलिङ समेत गरेकी छन्। उनले स्टेज कार्यक्रमहरू पनि संचालन गर्ने गर्छिन्।

युवतीसँगको सम्बन्धका कारण विवादित पारस

तीन छोराछोरीका बुवा पारसको लामो समयदेखि पत्नी हिमानीसँग सम्वन्ध राम्रो छैन । बैंककमा बस्दा उनी एक थाई युवतीसँग प्रेममा थिए । नेपाल फर्किएपछि पनि उनी सुध्रिएको लक्षण देखिँदैन । नेपालमा राजतन्त्रको अवसानसँगै मुलुक संघीय गणतन्त्रको बाटोमा गएपछि पारस केही वर्ष थाइल्याण्ड बसे। थाइल्याण्डमा रहँदा कनिका चैसन नाम गरेकी थाई युवतीसँगको सम्बन्धका कारण विवादित बनेका पूर्व शाह  यसक्रममा उनी एकपटक लागुऔषधसहित समातिए भने उनलाई हृदयघातसमेत भयो।हृदयघातबाट स्वास्थ्यलाभ गरेपछि केही वर्षयता नेपाल बस्न लागेका पारसले केही समयपछिसम्म मदिरा सेवन छाडेको बताइएको भए पनि पछिल्लो समय उनी पुनः मदिरामा डुब्न थालेको दाबी गरिँदै आइएको छ। पारसको आनीबानी सुधार नभएकाले उनी नेपाल फर्किए पनि निर्मल निवासमा नबसी बाहिर नै बस्दै आएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ