सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङले आफूहरुलाई अराजक भनेको महसुस भएको बताएका छन्। चितवनमा बिहीबार आयोजित चियापान कार्यक्रममा उनले चिनियाँ राष्ट्रपति सीले तिमिहरु अराजक र स्वार्थी छौँ भने जस्तो लागेको उल्लेख गरे ।
प्रचण्डले भने, ‘मैले त्यहाँ केही भनिनँ, भन्ने कुरा पनि भएन। तर हाम्रो त ८-९ लाख पार्टी सदस्यलाई नियन्त्रण गर्न नसकेर जसलाई जे मन लाग्यो त्यही गर्ने, जसलाई जे मन लाग्यो त्यही भन्ने भइराखेको छ ।’लामो संघर्ष र क्रान्ति गरेपनि आफूहरु ‘कम्युनिस्ट’ जस्तै हुन नसकेको बताए। आफूहरु बिग्रिँदै गएको निराशा व्यक्त गरे। उनले आफूहरुमा धुलोमैलो लागेको बताउँदै अब सबैले आफ्नो समीक्षा गदै आत्मालोचना गर्नुपर्ने बेला आएको बताए।
‘पञ्चायतकालमा म कस्तो थिएँ? के सोच्थें? कसरी काम गर्थेँ? ४६ सालपछि म कस्तो भएँ? जनयुद्धको बेला म कस्तो थिएँ? जनआन्दोलनको बेला कस्तो थिएँ? अहिले शान्ति सम्झौतापछि, संघीय गणतन्त्र आएपछि र कम्युस्टि पार्टी देशको सबैभन्दा ठूलो बनेपछि म कस्तो बन्न थालेको छु?’, प्रचण्डले भने, ‘अरु कतै हेर्नु पर्दैन म पहिले कस्तो थिए, अहिले कस्तो छु भनेर हेर्यो भने पुग्छ।’
प्रचण्डले नेपालका कम्युनिस्टहरु कम्युनिस्ट बन्न नसकेको बताए। पछिल्लो समय कम्युनिस्टले सत्तामा पुगेपछि आफ्नो रुप बदल्ने उनको दाबी छ । ‘पार्टीभित्रै अराजकता, आन्दोलनभित्रै अराजक व्यक्तिले जन्मलिने, स्वार्थीतत्व र गुटहरुले जन्मलिने, आस्था र उद्देश्यहरु बिर्सँदै जाने र अन्त्यमा जनताबाट आफूलाई टाडाटाडा लादै जाने विश्वव्यापी रोग यहाँका कम्युनिस्टलाई पनि लागेको छ।’
प्रचण्डका अनुसार जनताले माया गरेर आज देशको सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा नेकपालाई जिम्मेवारी दिएपछि नेताहरु परिवर्तन भइरहेका छन्। ‘कम्युनिस्टको हकमा मुख्यत: चिन्ताको विषय कहा छ भने सत्तामा नपुग्दासम्म जस्तोसुकै त्याग गर्न, तपस्या गर्न बलिदान गर्न, निष्ठा प्रदर्शन गर्न तयार हुने सत्तामा गएपछि ती कुरा बिर्सँदै जाने अवस्था सिर्जना भएको छ’, उनले भने।
प्रचण्डले कम्युनिस्टहरु बिस्तारै-बिस्तारै स्खलित भइरहेको स्वीकार गरेका छन्। ‘कहीँ न कहीँ हामी कम्युनिस्टबाट बिस्तारै-बिस्तारै स्वखलित हुँदैछौं, यसकारण यो महान् परिर्वतलाई कतैबाट खतरा छैन, प्रतिकृयावादी हामीसँग लडेर जित्ने अवस्था छैन’, प्रचण्डले भने, ‘हामी आफै बिग्रियौं भने तिनीहरुले केही गर्नै पर्दैन। हामी आफै सोभियत संघ जस्तै हुने खतरा छ ।’
पार्टीका भित्रैका मानिसहरु एक आपसमा नमिलेका कारण संकट पैदा भएको समेत उनले बताए। ‘चुनाव भयो भने हामी कम्युनिस्ट पार्टीका मान्छे आपसमा मिलेका देखिएका छैनौँ आजभोली। बरु एकले अर्कालाई तेजोबध गर्ने भन्ने सोचिरहेको देखिने’, उनले भने।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष