बैतडी । भारतको पिथौरागढमा रोजगारीका लागि श्रीमतीसहित गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा शब फेला परेको छ । डेरा गरेर बसेकै ठाउँमा तीनै जना नेपालीको शव लिङ्ग काटिएको अवस्थामा भेटिएको हो ।
श्रीमती सहित एक वर्ष अघि भारतमा रोजगारीका लागि गएका पुरचौंडी नगरपालिका वडा नम्बर ५ दहतालका हरिश बोहरा, सहोदर भाइ वीरा बोहरा र पुरचौडी नगरपालिका वडा नम्बर ४ भटना तडीखेतका काशी बोहराको हत्या भएको बताईएको छ । हत्या गरिएका हरिश बोहराकी श्रीमती किरी बोहरा र भाइ वीरा बोहरा र छिमेकी गाउँका काशी बोहरा भारतमा काम गर्दै आईरहेका थिए । घटनापछि हरे बोहराकी श्रीमती किरी बोहरा फरार रहेको बताईएको छ ।
नेपाली मजदुरको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा तीन वटा शव फेला परेको भारतीय संचारमाध्यमलाई उदृत गर्दै स्थानीय सामाजिक संस्था ‘कार्ड’की अभियन्ता तनुजा पोखरियालले जानकारी दिए । पोखरीयालले भने, – ‘घटना निकै निर्मम देखिन्छ । हत्याको अनुसन्धान गर्न भारतको अलमोडाबाट फरेन्सिक जाँच गर्ने प्रहरीको उच्च टोली पिथौरागढ पुगेर घटना स्थलबाट हात र पञ्जाको नमुना संकलन गरिएको छ । नेपालबाट कामको खोजीमा श्रीमतिसहित भारत पुगेका बोहरा दाजुभाइको हत्यापछि साथमा रहेकी महिला किरी बोहरा बेपत्ता रहेकी छिन्’
हत्या गरिएका नेपाली मजदुर दिनभरी ज्याला मजदूरी गरेर पिथौरागढ जिल्लाको मडधुरा गाउँमा डेरा लिएर बस्दै आईरहेका थिए । नेपाली मजदुरको दुई दिन अघि नै हत्या भए पनि घटना १० गते मात्रै सार्वजनिक भएको हो ।
फरेन्सिक जाँचपछि मृतकहरुको शव पिथौरागढ स्थित सरकारी जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे परिवारले १० गते अबेर मात्रै जानकारी पाएकोले सोमबार बिहानै आफन्तहरु पिथौरागढ जाने तयारीमा रहेको परिवारले बताएका छन् ।
सम्बन्धित खबर
जनार्दन शर्मा गृहजिल्लामै पूर्वमाओवादी कार्यकर्ताबाट अपमानित
समानुपातिकतर्फ ३३ दलले गरे दर्ता
बालेन निवास पुगेर फर्किन् प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीलाई मिराजको चेतावनी- आन्दोलनको बेइज्जत नगरिदिनुस्, राजीनामा दिनुस्
चुनावको राम्रो तयारी गर्न प्रधानमन्त्रीलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव
संसद पुनर्स्थापनाको मुद्दा लिएर कांग्रेस पनि पुग्यो सर्वोच्च
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’