बैतडी । भारतको पिथौरागढमा रोजगारीका लागि श्रीमतीसहित गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा शब फेला परेको छ । डेरा गरेर बसेकै ठाउँमा तीनै जना नेपालीको शव लिङ्ग काटिएको अवस्थामा भेटिएको हो ।
श्रीमती सहित एक वर्ष अघि भारतमा रोजगारीका लागि गएका पुरचौंडी नगरपालिका वडा नम्बर ५ दहतालका हरिश बोहरा, सहोदर भाइ वीरा बोहरा र पुरचौडी नगरपालिका वडा नम्बर ४ भटना तडीखेतका काशी बोहराको हत्या भएको बताईएको छ । हत्या गरिएका हरिश बोहराकी श्रीमती किरी बोहरा र भाइ वीरा बोहरा र छिमेकी गाउँका काशी बोहरा भारतमा काम गर्दै आईरहेका थिए । घटनापछि हरे बोहराकी श्रीमती किरी बोहरा फरार रहेको बताईएको छ ।
नेपाली मजदुरको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा तीन वटा शव फेला परेको भारतीय संचारमाध्यमलाई उदृत गर्दै स्थानीय सामाजिक संस्था ‘कार्ड’की अभियन्ता तनुजा पोखरियालले जानकारी दिए । पोखरीयालले भने, – ‘घटना निकै निर्मम देखिन्छ । हत्याको अनुसन्धान गर्न भारतको अलमोडाबाट फरेन्सिक जाँच गर्ने प्रहरीको उच्च टोली पिथौरागढ पुगेर घटना स्थलबाट हात र पञ्जाको नमुना संकलन गरिएको छ । नेपालबाट कामको खोजीमा श्रीमतिसहित भारत पुगेका बोहरा दाजुभाइको हत्यापछि साथमा रहेकी महिला किरी बोहरा बेपत्ता रहेकी छिन्’
हत्या गरिएका नेपाली मजदुर दिनभरी ज्याला मजदूरी गरेर पिथौरागढ जिल्लाको मडधुरा गाउँमा डेरा लिएर बस्दै आईरहेका थिए । नेपाली मजदुरको दुई दिन अघि नै हत्या भए पनि घटना १० गते मात्रै सार्वजनिक भएको हो ।
फरेन्सिक जाँचपछि मृतकहरुको शव पिथौरागढ स्थित सरकारी जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे परिवारले १० गते अबेर मात्रै जानकारी पाएकोले सोमबार बिहानै आफन्तहरु पिथौरागढ जाने तयारीमा रहेको परिवारले बताएका छन् ।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन