गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
आधा सस्तो मूल्यमा सामान पाउने लोभमा पोखराका बासिन्दा नराम्ररी ठगिएका छन् । बजार मूल्यभन्दा ४५ प्रतिशत छुटमा सामान उपलब्ध गराउने बताउँदै एक महिनादेखि व्यवसाय नै सञ्चालन गरेर करोडौं रुपैयाँ लिएर चार भारतीय नागरिक फरार भएका छन् ।
फरार हुनेमा भारत तामिलनाडु राज्यको त्रिचरापल्ली उरहीउरका ५३ वर्षीय मथुरमण के, ५७ वर्षीय राजेन्द्र थाङ्वेल, ३५ वर्षीय मुरुगानन्दम धावर र ४५ वर्षीय टी मथु रहेका छन् । उनीहरुले मंसिरको पहिलो हप्ता पोखराको सिर्जनाचोकमा सटर भाडामा लिई अक्सिजन ट्रेडर्स सञ्चालनमा ल्याएका थिए । बजार मूल्यभन्दा ४५ प्रतिशत छुटमा विद्युतीय, फर्निचर तथा किचनका सामग्री बिक्रीमा थिए ।
ग्राहकले पुरै पैसा बुझाएर अग्रिम बुकिङ गरेको १५ दिनमा सामान पाउने बताइएको थियो । त्यति सस्तोमा सामान पाइने भएपछि पसलमा पैसा बुझाएर बुकिङ गर्नेको भीड लाग्ने गरेको थियो । ग्राहकले ५ सयदेखि झण्डै दुई लाख रुपैयाँसम्म पैसा बुझाएका थिए ।
सोमबार सामान बुझ्ने समय दिइएको भएपनि पसल बन्द छ । सामान दिन केही दिन ढिला हुने सूचना सटरमा टाँगिएको छ । आइतबार बिदा भनेर बन्द गरिएको पसल सोमबार बिहान नखुलेपछि पैसा बुझाएका ग्राहकले आफू ठगिएको बताएका छन् । पसलमा ठगीमा परेका पोखरेलीको भीड लागेको छ । पान नम्बर सहितको बिलमा भएको मोबाइल नम्बरमा सम्पर्क हुन सकेको छैन । १२ कर्मचारी मध्ये त्यहाँका ६ कर्मचारीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
ठगिनेमा धेरै सिर्जनाचोक, जाल्पारोड, मालेपाटन वरपरकै छन् । सिर्जनाचोककी सुष्मा थापाले बजारमा २२ हजार रुपैयाँ पर्ने दराज १२ हजारमा पाइने देखेपछि पैसा बुझाइन् । जाल्पारोडकी गंगा कार्कीले सुरुमा ४ हजार ५ सय रुपैयाँ तिरेर टेबुल, हटकेस, बाटा, कुकर लगायत सामान बुक गरिन् । १५ दिनपछि उनले ति सबै सामान पाइन् पनि । उनले फेरि ५ हजार रुपैयाँको सामान बुक गरिन् । यसपटक भने उनी ठगिइन् ।
ठगिनेमा चिकित्सक, कर्मचारी, सञ्चारकर्मीदेखि पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसम्म छन् । त्यहीं कर्मचारी पृथ्वी भण्डारीले आफूसहित १२ कर्मचारी पनि ठगिएको बताए । उनले सामान बुक गर्न १७ हजार रुपैयाँ बुझाएका थिए । करिब १ हजार जनाबाट १० करोड रुपैयाँ ठगेको हुनसक्ने विरौटाका लक्ष्मण बरालले बताए । सुरुसुरुमा सामान दिएजस्तो गरेका थिए,’ उनले भने, ‘सामान पाइदो रहेछ भनेर पैसा बुझाइयो, अहिले आएर फसियो ।’
प्रहरीले भने बढीमा एक करोड ठगेको हुनसक्ने अनुमान गरेको छ । मंसिर २० मा प्रहरीले ४ व्यापारीलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । २४ गते ग्राहक नै आएर उनीहरुलाई छुटाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले बताए । ‘ठगिएको भनेर कसैको लिखित उजुरी आएन,’ उनले भने, ‘ग्राहक नै आएर आफूले सामान पाइरहेका छौं भनेपछि हामीले छोड्नैर्पयो ।’
उनका अनुसार ५९ जना त्यस्ता ग्राहकको रोहबरमा व्यापारीलाई छोडिएको थियो । उनले लिखित उजुरी आए खोजतलास गर्ने बताए । ग्राहकले भने प्रहरीले छाड्नु नै गलत भएको बताएका छन् । पर्स्याङका डा.गोविन्द पाण्डेले प्रहरीले व्यापारीलाई छोडेपछि झन् धेरै ग्राहकले पैसा बुझाएको दाबी गरे ।
पोखरा महानगरपालिकाबाट व्यवसाय गर्ने ईजाजत लिएर आन्तरिक राजस्व कार्यालयमा स्थायी लेखा नम्बर समेत लिएका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ