ललितपुर । एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रहरीले कांग्रेस र युवा संघका एक/एक जना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका ज्ञानेन्द्र गजुरेल र दाङका सन्देश शर्मा पोखरेल छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले दुवै जनालाई ३ कार्तिकमा पक्राउ गरेपनि बल्ल घटना सार्वजनिक भएको हो ।
ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार पोखरेलले आफू पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य भएको बताएका छन् भने गजुरेलले नेविसंघको पूर्वकेन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य भएको बयान दिएका छन् ।
गजुरेल नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य रहेको बताइएको छ । उनलाई नेपाली काँग्रेस नुवाकोटका सभापति जनदीश्वरनरसिंह केसीले गत मंसिरमा आमन्त्रित सदस्यमा मनोनित गरेका थिए ।त्यतिबेला केसीले गजुरेलसहित ८७ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरेका थिए ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राइका अनुसार गजुरेल नयाँ बसपार्कबाट पक्राउ परेका हुन् । गजुरेलमाथि थप अनुसन्धान भइरहेको पनि राईले जानकारी दिए । उनीहरुले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । दुवै जनाले मिलेर २९ असोजमा ललितपुरमा १९ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोग छ ।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार घटना भएको दिन गजुरेलले किशोरीलाई विहान ११ बजेतिर कुमारीपाटीस्थित पोखरेलको कोठामा ल्याएका थिए । दिनभर दुई जना मात्रै बसेर मादक पदार्थ सेवन गरेका थिए । जब राति पोखरेल पनि कोठामा आइपुगे । त्यसपछि तीनै जनाले पुनः मापसे गरेका पीडित र पीडक दुवैले स्वीकारेका छन् ।
अर्धचेत भएको अवस्थामा ज्ञानेन्द्र सुतिसकेपछि सन्देशले अर्को कोठामा लगेर जबरजस्ती गरेको पीडित किशोरीले दिएको जाहेरीमा उल्लेख छ । तर, सन्देशले पनि इन्कारी बयान दिएका छन् । उनले मापसे गरेको स्वीकारे पनि जबरजस्ती करणी नगरेको दाबी गरेका छन् ।
ज्ञानेन्द्र र पीडित बीच सामाजिक सञ्जालमार्फत चिनजान भएको देखिन्छ भने उनीहरु प्रेम सम्बन्धमा भएको हुनसक्ने म्यासेजबाट देखिने अनुसन्धान अधिकृतहरु बताउँछन् ।
यसअघि मंगलबार मात्रै बलात्कार आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राई पनि पक्राउ परेका छन् । उनी आरआर कलेजको स्ववियू सह-सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य थिए ।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन