काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । तर केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गरेका छन् ।
यसअघि डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य बिग्रिएको भन्दै यहाँबाट अन्तै सार्न भनेको थियो । अस्पतालबाट विज्ञप्ति नै सार्वजनिक भएपछि डा. केसीलाई लिन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर सोमबार बिहान डडेलधुरा आएको छ ।
हेलिकोप्टर दहस्थित नेपाली सेनाको ब्यारेकमा बसेको छ । तर, डा. केसीले भने आफू स्वस्थ भएको भन्दै डडेलधुरा छाडेर अन्त नजाने बताएका छन् ।
सोमबार बिहान नै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले डा. केसीलाई अनशन तोड्न आग्रह गरेका थिए । तर, केसीले आफूले अनशन नतोड्ने बताएका छन् ।
बजार क्षेत्र बन्द
डा. केसी चिकित्सा क्षेत्र सुधारको माग राख्दै १८ कात्तिकदेखि अनशनमा छन् ।
उनी स्वास्थ्यकर्मी नीलकण्ठ भट्टको घरमा अनशन बसेका हुन् । स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई भट्टको घरबाट जिल्ला अस्पतालमा सारिएको थियो । डा. केसीलाई डडेलधुरा जिल्ला अस्पतालबाट पनि अन्यत्र लैजान लागिएको विरोधमा उनका समर्थकहरुले विरोध गर्दै आएका छन् ।
बजार क्षेत्रको सडकमा टायर बालेर उनीहरुले प्रदर्शन गरिरहेका छन् । डा. केसीका समर्थकहरुको प्रदर्शनका कारण डडेलधुरा बजार सोमबार बिहानैदेखि बन्द छ ।
सम्बन्धित खबर
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते