काठमाडौं– नेपाल प्रहरीले जनपद समूहतर्फ १ सय ४९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र ५ सय ८४ जना प्रहरी सहायक निरीक्षक (असई) पदका लागि कर्मचारी माग गरेको छ । प्रहरीले प्रहरी निरीक्षकमा खुला ८०, अमर/अशक्त प्रहरी परिवार ३, महिला १३, जनजाति २१, मधेसी १८, दलित १० र पिछडिएको क्षेत्र ४ गरी १ सय ४९ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
यस्तै, प्रहरी सहायक निरीक्षक (असई)मा खुला ३ सय १५, अमर/अशक्त प्रहरी परिवार १२, महिला ५१, जनजाति ८२, मधेसी ७२, दलित ३९ र पिछडिएको क्षेत्र १३ गरी ५ सय ८४ जनाका लागि दरखास्त आह्वान गरिएको छ । यही माघ ५ गते बिहान १० बजेदेखि फागुन ११ गत साँझ ५ बजेसम्म सार्वजनिक बिदाका दिनबाहशेक अन्य दिन दरखास्त दिन सूचनामा उल्लेख छ। प्रहरी आह्वान दरखास्त आह्वान गरेका पदका लागि काठमाडौंमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट आवेदन दिन सकिने छ ।
उपत्यका बाहिर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, ३ नम्बर (बाग्मती) प्रदेश प्रहरी कार्यालय हेटौंडा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट दरखास्त बुझाउन सकिने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन