पोखराबाट गएको बस हायससँग ठक्कर खाँदा हायसका चालक धादिङका खड्कासहित ५ को मृत्यु

पोखराबाट गएको बस हायससँग ठक्कर खाँदा हायसका चालक धादिङका खड्कासहित ५ को मृत्यु

busss

पोखरा । आज आइतबार बिहान सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । चन्द्रगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस माइक्रो बस र पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

माइक्रोबसका चालक धादिङ बैरेनी–३ बस्ने २८ वर्षीय दीपक खड्काको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै झापा भद्रपुर–८ घर भई हाल काठमाडौँ बस्ने ७५ वर्षीय हेमराज कोइराला र उनका ६५ वर्षीया श्रीमती डोलमायाको घटनास्थलमै मृत्यु भएको छ ।

भक्तपुर निवासी १७ वर्षीया गरिमा गौतम र भद्रपुर निवासी ४५ वर्षीय टङ्कप्रसाद काफ्लेको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

झापा धरमपुर–९ का होमबहादुर दर्जीे र झापाकै सावित्रा राई गम्भीर घाइते भएका छन । सवारी दुर्घटनामा सामान्य घाइते भएका १० जनाको उपचार भइरहेको प्रदेश नं १ को प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ