प्रधानमन्त्री केपी शर्मा ओलीले अझ सक्रिय भएर काम गर्न छिट्टै आफूले एउटा मिर्गौला फेर्न लागेको जानकारी दिएका छन् । मंगलवार साँझ बालुवाटारमा सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले बाँकी तीनवर्षको कार्यकाल आफैंले पूरा गर्ने बताएका हुन् ।
‘पहिला प्रचण्डजी र मैले आलोपालो सरकारको नेतृत्व गर्ने भनेका थियौँ । तर प्रचण्डकै प्रस्तावमा राजनीतिक स्थायित्वका लागि मैले नै ५ वर्ष सरकार चलाउने सहमति भएको हो । बाँकी तीन वर्ष अझ धेरै खटिएर काम गर्नका लागि डायलासिस गरिरहनुको साटो एउटा मिगौला नै फर्न लागेको हुँ ।’ ओलीले भने । १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले केही समययता मृगौलाको नियमित डायलासिस गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले अहिले विवादमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कुनै हालतमा अनुमोदन हुने बताए । ‘एमसीसीबाट आउने रकम विकासको लागि हो, शंका गर्नु पर्दैन, सम्झौता उचित छ’ उनले भने, ‘सम्झौता गर्नेबेला छलफल नगर्ने, पछि गर्ने पुरानै रोग हो । सम्झौता खराब छैन ।’
प्रधानमन्त्री ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतामा प्रश्न नगर्न आग्रह गरे । ‘प्रेस स्वतन्त्रता पूर्ण हुन्छ, रत्तिभर शंका नगर्दा हुन्छ,’ उनले भने, ‘तपाइहरू अरु बढी गर्नुहुन्छ । बलिङ गर्दा ब्याटिङ गरेको मात्र हो । धेरै टाउको दुखाउनु पर्दैन ।’ ओलीले अगाडि थपे, ‘म असिहष्णु भएँ होला, तपाईंहरू पनि त सहिष्णु देखिनुभएन । १४ वर्ष जेल बसेको मान्छे स्वतन्त्रताको अभाव कस्तो हुन्छ भन्ने मैले बुझेको छु ।’
प्रधानमन्त्री ओलीले कठीन परिस्थितिमा काम गरेको भन्दै केही गल्ती गरेको भए क्षमाप्राथी रहेको बताए । ‘कुनैपनि निर्णय गर्दा मिडिया, प्रतिपक्ष र दवाव समूहलाई सम्झिन्छु । सबैलाई सम्झेर काम गर्छु । यो कुरा बुझ्दिनु पर्यो,’ उनले भने ।
प्रधानमन्त्रीनिवास बालुवाटार नजिकैको ललिता निवास प्रकरणमा ओलीले दोषीमाथि सीबीआइ र अख्तियार कारवाही गर्ने बताए । ‘ललितानिवासको जग्गा सरकारले खोजी गर्दैछ । २०६१ सालमा भएको निर्णय अहिले सरकारले खोजेको हो । जो-जो दोषी देखिन्छ, अख्तियारले मुद्दा लगाउँछ,’ उनले भने ।
लालपूर्जा सही भएपछि जग्गा किनेको व्यक्तिलाई दोषी किटान गर्न नमिल्ने उनले बताए । ‘ललितानिवासको घटना बाहिर आएपछि मैले बालकोटको जग्गा सही छ कि छैन भनेर हेर्न पठाएँ, धन्य सही रहेछ,’ उनले भने, ‘अरुको जग्गा पनि गलत परेको हुन सक्छ ।’
सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्