काठमाडौं । बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले शनिबार नियन्त्रण्मा लिएको छ ।
पक्राउ पर्नेहरुमा विवेकशीलका दर्शनासहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदीप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु रहेको दलका उपाध्यक्ष अजीता राईले जानकारी दिइन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले वालुवाटारको जग्गा प्रकरणमा संलग्न रहेकाहरुलाई मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएकोले अदुअआको ध्यानाकर्षण गराउन बालुवाटार पुगेका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको उपाध्यक्ष राईले बताइन् ।
उपाध्यक्ष राईले एक प्रेस विज्ञप्ती जारी गर्दै पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न माग समेत गरेकी छन् ।
सम्बन्धित खबर
हराएका शताब्दीऔँ मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
सर्लाहीको बाराउद्योरण गाउँमा आगलागी, ६५ घर जलेर नष्ट
आजको मौसम पूर्वानुमान
राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, यस्तो छ केन्द्रीय कार्यसम्पादन बैठकको निर्णय
भाइरल भेलु बाजे ‘मीन बहादुर बुढा’ को निधन
पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग