भारतीय सीमासँग जोडिएका रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरीका २० वर्षीय महमद एहतेसामुल हकको उनकै प्रेमिकाको तीन जना दाजु मिलेर हत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो । हकको हत्यामा उनकै प्रेमिकाका दाजुहरु राजपुर नगरपालिका–६ कुडियाका ३१ वर्षीय असरफ अली, २६ वर्षीय असगर अली र २३ वर्षीय हैदर अली संलग्न रहेको प्रहरीले बताएको छ ।
कसरी भयो हत्या ?
घटना विवरण अनुसार माघ १५ गते साँझ एहतेसामुल हक आफ्नो घरबाट दिदीभिजानुलाई भेट्न मोतिपुर गएका थिए । भिनाजु कै मोटरसाईकल लिएर मोतिपुरबाट उनी सोही दिन राति करिब ८ बजे घर फर्किन निस्केका थिए । तर, २० गते बिहान ९ बजे राजपुर नगरपालिका–६, कुडिया गाउँदेखि ७०० मिटर पूर्वतर्फ भकुवा खोलामा उनको शव पानीमा घोप्टो परेको अवस्थामा भेटियो ।
एहतेसामुल१५ गते मोतिपुरबाट राति ८ बजे आफ्नो घर फर्कने क्रममा प्रेमिकालाई फोन गरी राजपुर नगरपालिका वडा–६ कुडिया गाउँको बाँसघारीमा बोलाएर भेटेका थिए । ती युवतीका दाजुुहरुले बाँसघारीमा राति बहिनीलाई एहतेसामुुल हकसँगै देखेपछि युवती घरतिर भागिन् भने त्यहाँबाट भागेका एहतेसामुललाई उनीहरुले लखेटेर नियन्त्रणमा लिएको बताइन्छ ।
एहतेसामुलको मोबाईल खोसेर उनीहरुले घाँटी थिची उनको हत्या गरेको र शवलाई खोलामा फालेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।
हत्याका आरोपी दुईजना पक्राउ परे पनि असरफ अली भने फरार रहेको पत्रकार सम्मेलनमा जनाईएको छ । पक्राउ परेका दुबैजनाले हत्या गरेको स्वीकार गरिसकेको डिएसपी कार्कीले बताए । फरार अर्का अभियुक्तको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
बहिनीले नै प्रहरीलाई खोलिदिइन् पोल
गत १५ गते रातिको घटनाको भोलिपल्ट प्रेमिकाले प्रेमीलाई फोन गर्दा उनको मोबाईल ‘स्विच अफ’ रहेको पाइन् ।
उनका दाजुभाईको पाईन्टमा हिलो लागेको र तोरीको फुल लागेको देखेर उनले एहतेसामुलको दिदीलाई फोन गरी उनको बारेमा सोधखोज गरेकी थिइन् । भोलिपल्ट अबेरसम्म पनि एहतेसामुल आफ्नो घर नपुगेको जानकारी पाएपछि प्रेमिकाले खोजतलासका लागि प्रहरीलाई जानकारी गराउन एहतेसामुलको दिदीमार्फत परिवारजनलाई भनेकी थिइन् ।
प्रहरी निरीक्षक नविन सिंह सहितको अनुसन्धान टोलीले सोही कुरोको सुइँको पाएर प्रेमिका र उनका दाजुुहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटना बाहिर आएको हो ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण