सुनसरी दुहबीकी सम्झना खत्री परियारको हत्या उनकै प्रेमीले गरेको खुलासा भएको छ । ३२ वर्षीया परियारको माघ २४ गते विराटनगर १२ स्थित उखुबारीमा शव भेटिएको थियो।
परियारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सप्तरी कृष्णश्रवण गाउँपालिका ३ मट्टीगढाका २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरेको हो। उनी बुढीगंगा गाउँपालिका ३ को पोठियामा डेरा बस्थे। सम्झनाको श्रीमान् भने ईलाममा बसेर काम गर्थे ।
उखुबारीमा घाँटी काटिएको र सलले बेरिएको अवस्थामा शव फेला परेको थियो। उनी सुनसरी दुहबी नगरपालिका वडा नं. ६ कालीमन्दिर चोककी हुन्। श्रीमानले उनको शव पहिचान गरेपछि घटना अनुसन्धानमा प्रहरी जुटेको थियो।
स्थानीय क्वालिटी नुडल्स फ्याक्ट्रीमा स्टोर इञ्चार्जको रूपमा कार्यरत साह र परियारबीच तीन वर्षयता प्रेम सम्बन्ध रहेको खुलेको छ। विवादका क्रममा आवेशमा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। सोही सम्बन्ध र सम्पर्कका आधारमा प्रहरीले साहलाई शनिबार पक्राउ गरेको छ। तीन वर्षअघि सोही फ्याक्ट्रीमा काम गर्दाताका दुबै निकट भएका थिए। परियारले भने काम छोडिसकेको देखिन्छ।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार २१ गते परियार बिहान १० बजेदेखि सम्पर्कमा नआएपछि साह उनको खोजीमा हिँडेका थिए। १२ बजे परियारलाई भेट्नको लागि साह दुहवीस्थित घर पुग्छन्। घरमा कोही नभेटेपछि साहले छिमेकीलाई सोधीखोजी गरेका थिए। परियार १० बजे नै बाहिर निस्किएको थाहा पाएपछि उनी फ्याक्ट्रीमा गएर आफ्नो काम गरे पनि उनको खोजीमा जुटिहाल्छन्। अपराह्न ४ बजे परियारलाई खोज्न उनी फेरि हिँडेको देखिन्छ।
त्यही क्रममा साहले परियारलाई बाँसबारी चोकअगाडि भेट्छन्। परियारलाई आफ्नो मोटरसाइकलमा चढाएर बाँसबारी चोकबाट पश्चिम नहरको बाटो हुँदै दक्षिणतर्फ विराटनगर महानगरपालिका वडा नं. १२ मलहनुवा रिङरोड छेउमा लगेको अनुसन्धानमा खुलेको छ।
गफगाफ गर्ने क्रममा दुई जनाबीच वादविवाद तथा झगडा भएको खुलेको छ। किन आफ्नो फोन नउठाएको भन्दै केरकार गर्दा झगडा हुँदा साहले आवेशमा हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। आवेगमा साहले परियारकै सल घाँटीमा बेरेर तान्दै उखुबारीमा र्पुयाएर धारिलो बाँसलाई हतियारको रुपमा प्रयोग गरी घाटी रेटेर हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको छ। प्रहरीले साहलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको छ।
‘बारम्बार फोन गर्दा सम्पर्क नभएको र मोबाइल नै अफ भएको विषयमा अत्यधिक चासो राख्दा परियारले कुनै जवाफ नदिएपछि हत्या गरेको साहले बयानमा भनेका छन्,’ अधिकारीले भने।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष