पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको उनकै घरमा काम गर्ने विजय चौधरीले हत्या गरेको दृष्य सीसीटीभीमा देखिएको छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि आक्रमण गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सीसीटीभी फुटेजमा बिहान १० बजे चौधरी भान्सा कोठामा जान्छन् । त्यतिबेला पूर्वसचिव कार्कीकी श्रीमती मुना भान्साकोठामा नै हुन्छिन् । मुनाले पछाडी फर्किएको बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको देखिन्छ । भुइँमा लडेपछि पिर्का प्रहार गरेको भेटिन्छ । कपाल समातेर भुइँमा बजारेको पनि देखिएको छ ।
मुना कार्की सानेपास्थित निवासमा सोमबार बिहान रगतले लतपतिएको अवस्थामा अचेत भेटिएकी थिइन् भने चौधरी पनि घरमै मृत फेला परेका थिए । कार्कीको घरमा कार्यरत कामदार २२ वर्षीय विजय चौधरीले मुनाको हत्यापछि झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ । यद्यपि, दुईबीच के रिसिइबी थियो भन्ने खुलिसकेको छैन ।
प्रहरीले हत्याको कारण खोज्दै विभिन्न व्यक्तिसँग वयान लिने क्रम जारी राखेको छ । छिमेकीका अनुसार चौधरीलाई कार्की परिवारले सानैदेखि घरमा राखेको थियो । प्रहरीका अनुसार घटना हुँदा पूर्वसचिव कार्की घरमा थिएनन् । उनी बिहानजै उठेर पशुपतिनाथको दर्शन गर्न गएका थिए । फर्किएर आउँदा उनले श्रीमती मुनालाई अचेत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् ।
सम्बन्धित खबर
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते