काठमाडौं । बलात्कार आरोप खेपेर डिल्लीबजार कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाए । उनले साँझ विज्ञप्ती जारी गर्दै आफ्ना प्रतिक्रिया सार्वजनिक पनि गरेका छन् । उनको विज्ञप्ती कुटनीतिक ढंगले आएको परिचर्चा सुरु भएको छ ।
विज्ञप्तीमा उनले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहने बताएका छन् । जेलबाट छुटेलगत्तै महराले ‘स्वाधीनताको रक्षा पहिलो प्राथमिकता भनेर एमसीसीतिर संकेत गरेको हुनसक्ने कतिपयको अनुमान छ । यद्यपि महराले वक्तव्यमा केही उल्लेख गरेका छैनन् ।
महरा पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदमा रोकेको आरोप लगाएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कतिपयले एमसीसी रोकेकै कारण महरालाई फसाइएको दाबीसमेत गरेका थिए ।
रिहा भएको केही घन्टामा महराले दाङ–२ का सांसदको हैसियतमा वक्तव्य जारी गर्दै भनेका छन्ः ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ ।’
महराले ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको तर अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको बताएका छन् । साथै, उनले आफूप्रति सद्भाव राख्ने सबैलाई धन्यवाद भनेका छन् ।

सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्