काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा बुधबार दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्ररुपले सुधार भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणपछि उनका प्रमुख सल्लाहकार विष्णु रिमालसँग टेलिफोन सम्वादमा उनले भने, ‘साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्यमा तीव्ररुपले सुधार भईरहेको छ, छिटै काममा फर्किनेछु ।’
प्रधानमन्त्री ओलीले आफूसँग मुलुकमा के भइरहेको छ र कसरी काम भइरहेको छ भन्नेबारे जिज्ञासा राखेको रिमालले बताए ।
जवाफमा रिमालले सबै कुरा सिस्टमबाट नै सामान्य रुपमा चलिरहेको भन्दै मुलुकको बारे चिन्ता नगरी चाँडो स्वास्थ्यलाभ गरी नियमित काममा फर्कन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउँदै ‘समूहमा बसेको भए मोबाइल ह्यान्ड्स फ्रि गरेर सबैलाई बोली सुनाइदिन’ भनेका थिए ।
रिमालले प्रधानमन्त्री ओलीलाई आफू चिकित्सकहरुसँग रहेको र फोनमा भएको वार्तालापबारे सबैलाई जानकारी गराउने आश्वासन दिएका थिए ।
प्रधानमन्त्री ओलीले शुक्रबार बिहान जाउलो खाएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई बिहीबार बिहानदेखि नै चिया तथा नरम खानेकुरा खुवाउन सुरु गरिएको उनको उपचारका संलग्न चिकित्सकले बताएका छन् ।
सम्बन्धित खबर
पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट
आजको मौसम पूर्वानुमान
कपिलवस्तुमा एक दम्पती मृत फेला
आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
घट्यो पेट्रोलियम पदार्थको मूल्य
देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग