गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ ।
प्रधानमन्त्री ओलीलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राति अस्पताल भर्ना गरिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने उनका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले जानकारी दिएको पनि उनले उल्लेख गरेका छन् ।
ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनपछि बालुवाटार फर्किएका थिए ।
सम्बन्धित खबर
आज देशभरको मौसम कस्तो रहन्छ?
आजको मौसम पूर्वानुमान
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय
हराएका शताब्दीऔँ मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
सर्लाहीको बाराउद्योरण गाउँमा आगलागी, ६५ घर जलेर नष्ट
आजको मौसम पूर्वानुमान
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग