काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) को आशंकामा बुधबारसम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मुलुकभर अहिले सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको जानकारी दिएका हुन् ।
उनले कोरोना भाइरसका पोजेटिभ केससँग सम्पर्कमा रहेका तथा नजिकका आफन्तको पछिल्ला नमुना परीक्षण नेगेटिभ आएको बताए ।
उनले कोरोना संक्रमणको पोजेटिभ देखिएका केसको अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको पनि बताए ।
डा. देवकोटाका अनुसार, धनगढीको कोरोना पोजेटिभ देखिएका व्यक्तिको परिवार, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना संकलन भइसकेको र परीक्षणको क्रममा रहेको छ । डाक्टर देवकोटाले महामारी नियन्त्रण तथा रोकथाममा कन्ट्रायाक्ट टेसिङ अत्यन्तै महत्वपूर्ण भएकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम पोजेटिभ देखिएका व्यक्तिको परिवार तथा नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टाईनमा राखेर आवश्यकताअनुसार नमुना परीक्षण गर्ने गरिएको उल्लेख गरे ।
उनले धनगढीको कोरोना पोजेटिभको केसमा संकलित १२ जनाको नमुना परीक्षणको क्रममा रहेको जानकारी समेत दिए । कोरोना भाइरसको आशंका गरिएका ९९ जना अहिले काठमाडौ लगायत विभिन्न प्रदेशका आइसोलेसन वार्डमा उपचाररत रहेको जानकारी पनि डाक्टर देवकोटाले दिए ।
डाक्टर देवकोटाका अनुसार काठमाडौं बाहिरको प्रयोगशाला विस्तारको काम तिब्र गतिमा भइरहेको छ । उनले पोखरामा परीक्षण सुरु भएको र ४ वटा परीक्षण रन भइरहेको, धरानमा १२ वटा नमुनाको परीक्षण रन भइरहेको तथा हेटौडामा बुधबार साँझसम्म परीक्षणको काम सुरु हुने बताए ।
उनले अहिलेसम्म मन्त्रालयको निशुल्क कल सेन्टरमा ६ हजार ९ सयभन्दा बढी कलहरु आएको तथा गत २४ घण्टामा आएका २ हजार ३ सय २३ वटा कलको सम्बोधन भइसकेको बताए ।
सम्बन्धित खबर
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ