काठमाडौं । सरकारले लकडाउनको समय फेरि थप्ने तयारी गरेको छ । दुई दिनअघि कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको थप संक्रमित पुष्टि भएको तथा अझै पनि कोरोना फैलने सम्भावना रहेको निष्कर्ष निकाल्दै सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको हो ।
स्रोतका अनुसार आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा पनि लकडाउनको समय थप गर्ने विषयमा छलफल भएको थियो । सो बैठकमा लकडाउनको समयावधि अब एक साता थप्नुपर्ने विषयमा कुराकानी भएको थियो ।
आज यसबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको छ । बैठकले लकडाउनको समय थप्नेबारे निर्णय गर्ने एक मन्त्रीले बताए ।
यसअघिको मन्त्रिपरिषद्को बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेस्ट विधिबारे सम्भावित संक्रमितको पहिचान गर्ने निर्णय गरेको थियो । यस्तै संक्रमणको जाखिमलाई मध्यनजर गर्दै सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक जिल्लाबाट अर्को जिल्ला तथा एक प्रदेशबाट अर्को प्रदेशमा जान समेत रोक लगाउने निर्णय गरेको थियो ।
तर लकडाउनको विषयमा अर्को बैठकले निर्णय गर्ने समझदारी भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताएका थिए ।
सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि चैत १६ गते बिहान ६ बजेसम्मको लागि पहिलो चोटी लकडाउनको घोषणा गरेको थियो । त्यसपछि सरकारले फेरि ८ दिन लकडाउनको घोषणा गर्दै चैत १५ गते मध्यरातसम्मको लागि समय थप गरेकोमा फेरि बढीमा एक साता लकडाउन लम्ब्याउन खोजिएको हो ।
छिमेकी देश भारतमा समेत २१ दिन लकडाउन गरिएकाले भारतमा नखुल्दासम्म नेपालमा पनि कायम राख्ने सरकारी रणनीति रहेको बताइन्छ ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण