काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् ।
मंगलबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमितको संख्या ९ मा सिमित राख्न सकेपनि अझै उच्च जोखिममा रहेको बताएका हुन् । ‘आउने दुई साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन्’ उनले भने, ‘यो अवधि कोरोनाको लक्षण प्रकट हुने मात्र होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिनेछ ।’
यसै साताबाट प्रयोग ल्याइएको र्यापिड डायग्नोस्टिक टेष्टले समुदायमा संक्रमणको स्थिति पत्ता लगाउन सहयोग पुग्ने उनको विश्वास छ । ‘यस परीक्षण मार्फत् संभावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भए/नभएको सुनिश्चित गरिनेछ’ उनले भने ।
समुदाय स्तरको परीक्षणका लागि संभावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको भन्दै उनले थप सुनिश्चितताका लागि क्वारेन्टाइन अवत्रि पुरा गरेकाहरुको पनि परीक्षण गरिने बताए ।
सम्बन्धित खबर
हराएका शताब्दीऔँ मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
सर्लाहीको बाराउद्योरण गाउँमा आगलागी, ६५ घर जलेर नष्ट
आजको मौसम पूर्वानुमान
राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, यस्तो छ केन्द्रीय कार्यसम्पादन बैठकको निर्णय
भाइरल भेलु बाजे ‘मीन बहादुर बुढा’ को निधन
पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग