काठमाडौं । कोभिड–१९ को संक्रमण जोखिमका कारण देश लकडाउनमा गएपछि यसअघि निर्धारित कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले मंगलबार एक सूचना प्रकाशित गर्दै परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार कक्षा १२ को परीक्षा वैशाख ८ गतेदेखि र कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि हुने तय थियो ।
परीक्षा स्थगित भएसँगै बोर्डले सबै प्रदेशका परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोही बमोजिम गर्न तथा गराउन समेत निर्देशन दिएको छ ।
विद्यार्थी अभिभावक लगायत सम्पूर्ण नागरिकहरु यस संक्रमणको महामारीबाट जोगिनको लागि सावधानीपूर्वक रहन र सामाजिक दूरी कायम गर्न अनुरोध गर्दै बोर्डले विद्यार्थीलाई घरमै बसेर परीक्षाको तयारी गर्न समेत अनुरोध गरेको छ ।
हालको संक्रमणकालीन अवस्थामा सुधार भइ जनजीवन सामान्य अवस्थामा फर्कनेवित्तिकै परीक्षाको नयाँ तालिका प्रकाशित गरेर जानकारी गराइने बोर्डले स्पष्ट पारको छ।
यसअघि बोर्डले पूर्वनिर्धारित एसईई परीक्षा पनि स्थगित गरेको थियो ।
सम्बन्धित खबर
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना घाइते
जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
आजको मौसम पूर्वानुमान
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय
हराएका शताब्दीऔँ मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग