काठमाडौँ । नेपालमा मंगलबार थप नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको र उपचाररत आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका हुन् ।
नेपालमा हालसम्म ९ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जसमध्ये एक जना उपचार पछि घर फर्किसकेका छन् ।
डा देवकोटाले संक्रमितको सम्पर्कमा आएका कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न भएको पनि जानकारी दिए । उनका अनुसार काठमाडौँमा १६ जना र काठमाडौँबाहिर ८४ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै, क्वारेन्टाइनमा ९ हजार २२८ जना रहेको उनको भनाइ छ ।
रेड जोनमा आज १७ जना थपिएको र यो कूल १७२ जना रहेको उनले बताए ।
कैलाली, कञ्चनपुर र बाग्लुङमा र्यापीड डायागोनिस्टिक टेस्टमार्फत परीक्षण शुरु गरिएको पनि देवकोटालो जानकारी दिए ।
सम्बन्धित खबर
पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट
आजको मौसम पूर्वानुमान
कपिलवस्तुमा एक दम्पती मृत फेला
आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
घट्यो पेट्रोलियम पदार्थको मूल्य
देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग